अन्तरराष्ट्रिय

२०७४-०६-६ मा प्रकाशित     १३९ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

भारतमा कार विक्री बढ्ने अनुमान

नयाँ दिल्ली (भारत) । सन् २०१७ र अर्को वर्ष भारतमा कार विक्रीमा उल्लेख्य वृद्घि हुने अनुमान गरिएको छ । जुलाई १ देखि भारतमा लागू गरिएको वस्तु तथा सेवा कर (जीएसटी)ले अर्थतन्त्रको प्रमुख क्षेत्रमा चोट पु¥याइरहे पनि अटो निर्माताहरूलाई भने केही आशा जगाएको पाइएको छ । यस वर्ष कार विक्री ९ प्रतिशतले बढ्ने हालै भएको एक अध्ययनले देखाएको छ । सबै प्रकारका अप्रत्यक्ष करहरूलाई जीएसटीले विस्थापित गर्ने हुँदा म्यानुयाक्चररहरूले मूल्य कटौती गर्ने भएकाले विक्रीले टेवा पाउने विश्लेषण गरिएको छ । त्यस्तै, कारका नयाँ मोडलहरू पनि सार्वजनिक गरिने हुँदा अर्को वर्ष कार विक्री ७ प्रतिशतले बढ्ने अन्तरराष्ट्रिय क्रेडिट रेटिङ संस्था मूडिज इन्भेष्टर सर्भिसले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको हो । जीएसटी कार्यान्वयन भएयता नै केही अटो निर्माताहरूले प्यासेञ्जर सवारी साधनको भाउ घटाइसकेको अध्ययनमा भनिएको छ । रासस/पीटीआई


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »