अन्तरराष्ट्रिय

२०७४-०६-६ मा प्रकाशित     १२४ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

१८ अर्ब डलरमा चिप व्यवसाय बेच्न तोसिबा सहमत

टोकियो (जापान) । जापानी बहुराष्ट्रिय व्यापारिक घराना तोसिबा कर्पोरेशनले आनो चिप व्यवसाय बेच्न सहमत भएको छ । कम्पनीले अमेरिकी बहुराष्ट्रिय वैकल्पिक लगानी कम्पनी बेन क्यापिटल प्राइभेट इक्विटीको नेतृत्वमा स्थापित कन्सोर्टियमलाई चिप व्यवसाय बेच्न सहमत भएको हो । यो सम्झौताको मूल्य करीब २० खर्ब येन (१८ अर्ब डलर) पर्ने कम्पनीले बताएको छ । तोसिबा विश्वको दोस्रो ठूलो एनएएनडी मेमोरी चिप निर्माता कम्पनी हो । यस सम्झौताले अमेरिकी आणविक कम्पनी वेष्टिङहाउस किन्दा कम्पनीलाई भएको घाटा पूर्ति गर्न सक्ने अपेक्षा गरिएको छ ।

तोसिबाले चिप व्यवसाय विक्री गरेर आएको रकममध्ये ३ खर्ब ५० अर्ब ५० करोड येन बेन क्यापिटलको कन्सोर्टियम कम्पनीले खडा गरेको होल्डिङ कम्पनीमा लगानी गर्ने यस मामिलाबारे जानकार स्रोतले बताएका छन् । उक्त कन्सोर्टियम कम्पनीमा तोसिबा स्वयम्, जापानको होया कर्पोरेशन, दक्षिण कोरियाली चिप निर्माता एसके हाइनिक्स, एप्पल, डेल, मेमोरी प्रोडक्ट निर्माता किङ्गष्टन टेक्नोलोजी र डाटा स्टोरेज कम्पनी सिगेट टेक्नोलोजीको पनि संलग्नता रहेको स्रोतको भनाइ छ । एजेन्सी


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »