अन्तरराष्ट्रिय

२०७४-०६-६ मा प्रकाशित     ९२ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

‘प्राविधिक र व्यापारिक परिवर्तन विकासमा बाधक’

वाशिङ्टन डीसी (अमेरिका) । प्राविधिक विकास र व्यापारमा हुने परिवर्तनले विकासमा बाधा निम्त्याउन सक्ने विश्व बैङ्कले चेतावनी दिएको छ । प्रविधिको विस्तार र व्यापारिक परिवर्तन गरीबी निवारण र समृद्धि हासिल गर्न म्यानुफ्याक्चरिङको विकासमा केन्द्रित हुँदै आएका न्यून आय भएका विकासशील राष्ट्रका लागि अवसरहरूको निर्माणमा बाधक बनिरहेका छन् । ‘प्राविधिक परिवर्तन र विश्वव्यापीकरणको प्रवृत्तिमा आउने परिवर्तनले म्यानुयाक्चरिङ क्षेत्रले नेतृत्व गरेको विकासका रणनीतिमाथि नै प्रश्न उब्जाइदिएको छ,’ बैङ्कले हालै सार्वजनिक गरेको ‘ट्रबल इन मेकिङ ? द युचर अफ म्यानुयाक्चरिङ लेड डेभलपमेण्ट’ शीर्षकको प्रतिवेदनमा भनिएको छ ।

व्यापारिक विस्तारसँगै म्यानुयाक्चरिङ क्षेत्रले विगतमा अदक्ष कामदारका लागि समेत रोजगारी सृजना गरिदिएको छ भने पछिल्लो समयमा प्रविधि र व्यापारमा आएका परिवर्तनले विकासमा जोखीम उत्पन्न गरिरहेको बैङ्कले बताएको छ । विश्वव्यापी मूल्य शृङ्खला बलियो बनिरहेका कारण विश्वव्यापी व्यापार भने सुस्ताइरहेको छ । त्यसैकारण, चीनले पनि आफ्नो अर्थतन्त्रलाई लगानीबाट उपभोगतर्फ लगेर आर्थिक सन्तुलन ल्याउने काम गरिरहेको छ । यससँगै संरक्षणवाद पनि बढिरहेका कारण समस्या झन् जटिल बन्न सक्ने देखिएको छ । सुस्ताउँदो व्यापारले न्यून आम्दानी भएका राष्ट्रहरूमा पनि बाधा उत्पन्न गरिरहेको बैङ्कले बताएको छ ।

‘नीतिनिर्माताहरूले प्राविधिक परिवर्तन र विश्वव्यापीकरणको बदलिँदो शैलीसँग मिलेर काम गर्ने दृष्टिकोण ल्याउन सके रोजगारी सृजना र उत्पादकत्व वृद्घिका लागि अवसरको निर्माण गर्न सकिने बैङ्कले अगाडि भनेको छ । न्यून आम्दानी भएका राष्ट्रले नयाँ प्रविधिको प्रयोगमा सहयोग गर्न श्रमलागत घटाउनु, कर्मचारीलाई नयाँ कौशल प्रशिक्षण दिनु र नयाँ पूर्वाधार तथा नियम प्रदान गर्नु आवश्यक रहेको प्रतिवेदनले सुझाएको छ । यससँगै व्यापारप्रति खुला दृष्टिकोण राख्न समेत यसले सुझाएको छ । रासस÷सिन्हवा

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »