अन्तरराष्ट्रिय

२०७४-०६-६ मा प्रकाशित     ३६० पटक पढिएको    ० बिचार / प्रतिक्रिया

चीनलाई उछिन्दै भारत सबैभन्दा ठूलो खुद्रा बजार

मुम्बई (भारत) । सन् २०१७ मा भारत चीनलाई उछिन्दै सबैभन्दा ठूलो खुद्रा बजार बन्न पुगेको औद्योगिक विज्ञहरूले बताएका छन् । ‘विश्वव्यापी खुद्रा गन्तव्य सूचक अध्ययनको एउटा भागको रूपमा यस वर्ष चीनलाई उछिनेर भारत सबैभन्दा ठूलो खुद्रा बजार बनेको छ,’ २ दिने भारत रिटेल फोरम २०१७ को अन्तिम दिन विश्वव्यापी व्यवस्थापन परामर्शदाता संस्था एटी कियर्नीका पार्टनर सुबेण्डु रोयले भने ।

भारतको उपभोक्ता खर्चमा भएको वृद्घि, मोबाइल तथा इण्टरनेटको बढ्दो प्रयोग, विदेशी लगानी गर्ने वातावरणमा देखिएको अनुकूलता र क्याशलेस ट्राञ्जेक्शनबारे चालिएको ठोस कदमका कारण सूचकमा परिवर्तन आएको बताइएको छ । यसले विश्वव्यापी ब्राण्डलाई पारदर्शिता र सहजतासँगै भारत छिर्ने उचित वातावरणको निर्माण गरेको रोयले जानकारी दिए । ‘इण्डिया रिटेल रिपोर्ट २०१७’का अनुसार विगत १२ देखि १५ महीनाको अवधिमा शत प्रतिशत क्याश र क्यारी अपरेसन्सहरूले भारतलाई आनो गन्तव्य बनाउने सोच गरिरहेका छन् ।

यसले भारतमा ठूला ब्राण्डहरूले आफ्नो स्टोर खोल्न बाटो निर्माण गरेको बताइएको छ । ठूला रिटेलर र ब्राण्डसँगै विश्वका मझौला ब्राण्डहरूले पनि भारतको खुकुलो खुद्रा नीतिको लाभ उठाउने बारे सोचिरहेका छन् । भारतमा विश्वव्यापी खुद्रा क्षेत्रको सहभागिता बढिरहेका कारण आउँदा दिनहरूमा यो क्षेत्र थप विकसित, व्यवस्थित र प्रतिस्पर्धी हुँदै जानुका साथै उपभोक्तालाई विविधता दिन समेत सक्रिय रूपमा लाग्ने अनुमान गरिएको छ । रासस/पीटीआई


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »