अन्तरराष्ट्रिय

२०७४-०६-६ मा प्रकाशित     ३८२ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

एशियामा जलवायु परिवर्तनकोे असर डर लाग्दो

मनिला (फिलिपिन्स) । सन् २१०० सम्ममा एशियाली देशमा जलवायु परिवर्तनको असर दश गुणाले वृद्धि हुने     एशियाली विकास बैङ्क (एडीबी) र पोट्सड्याम इन्ष्टिच्युटले गरेको एशियाली जलवायु जोखीमको पहिलो अध्ययनले देखाएको छ । जलवायु परिवर्तन विरुद्ध एशियाली शहरहरूले सबैभन्दा बढी सङ्घर्ष गर्नुपर्ने सो अध्ययनले देखाएको हो । एशियाली शहरमा कुल जनसङ्ख्याको आधाभन्दा बढी मानिस बसोबास गर्छन् र कुल आर्थिक उत्पादनको झण्डै ८० प्रतिशत स्थान यसले ओगट्ने गरेको छ ।

सन् २०५० सम्ममा एशियाली शहरी जनसङ्ख्या झण्डै दोब्बर भई ३ अर्ब पुग्नेछ । जलवायु सुधारसम्बन्धी कुनै नयाँ प्रयास नगरे यस क्षेत्रका शहरहरूले आगामी २० वर्षभित्रै विश्व हरितगृह ग्यास उत्सर्जनमा आधाभन्दा बढी भाग ओगट्ने बताइएको छ । जलवायु परिवर्तनको असरबाट उत्पन्न खतराले यो परिदृश्यमा नयाँ सङ्कट थपिदिएको छ । साथै जलवायु परिवर्तनले एशियाका पछिल्ला आर्थिक प्रगतिमै सङ्कट निम्त्याउन सक्ने विश्लेषण गरिएको छ । जलवायुले निम्त्याएका चुनौतीलाई सम्बोधन गर्न जति बढी समय लगायो, स्थिति त्यति नै डर लाग्दो बन्दै जाने बताइएको छ ।

एशियामा जलवायु प्रभावको आँकलन गर्नेतर्फ पर्याप्त काम हुन सकेको छैन भने अर्कोतर्फ जोखीमयुक्त क्षेत्रको सुरक्षालाई सबलीकृत गर्न वा हरितगृह ग्यास उत्सर्जनलाई कम गर्र्ने क्षेत्रमा ज्यादै कम प्रयास भएको छ । यस क्षेत्रमा थोरै जमीन, जलस्रोत र ऊर्जाको प्रयोगमार्फत न्यून कार्बनयुक्त वृद्धि रणनीति अवलम्बन गर्नु आवश्यक छ । यी रणनीतिहरूले तीव्र शहरीकरणलाई कम गर्न पनि मद्दत गर्नेछन् । शहरीकरणले स्वाभाविक रूपमा अत्यधिक मात्रामा निर्माण, सडक जाम र निजी सवारी खपत गर्दछ जसको प्रभावस्वरूप शहरहरू “तापीय खाल्डो”मा रूपान्तरित हुनेछन् ।

जलवायु परिवर्तनका कारण तीव्र गतिमा बढेको आप्रवासनले एशियाली शहरहरूलाई अर्को समस्या थपिदिएको छ । पर्याप्त रोजगारी सृजना गर्न नसकिए आप्रवासीहरू स्थायी रूपमै तल्लो स्तरका नागरिकमा दर्ज हुनेछन् । रोजगारी उपलब्ध भइहाले पनि जनसङ्ख्याको भिडभाडले शहरी क्षेत्रमा गम्भीर सङ्कट निम्तिनेछ ।

एशियामा बढ्दो वर्षा र समुद्री आँधीले खाद्यान्न उत्पादनमा ठूलो नोक्सानी पुग्नेछ र ग्रामीण क्षेत्रको आयआर्यजनमा प्रभाव पर्नेछ । पेरिस जलवायु सम्झौताअन्तर्गत देशहरूले आफ्ना प्रतिबद्धता पूरा गरेको खण्डमा कुल समुद्री सतह वृद्धिलाई आधाले नै घटाउन सकिनेछ ।

बङ्गलादेश, भारत, फिलिपिन्स, भियतनामजस्ता मुलुकका तटीय इलाकामा बसोबास गर्नेहरूमा बाढीको खतरा सन् २०६० सम्ममा दोब्बर हुनेछ । सन् २०५० भित्र बाढीका कारण तीव्र वार्षिक आर्थिक नोक्सानी बेहोर्ने अनुमान गरिएका विश्वका ठूला २० शहरमध्ये एशियामै १३ ओटा छन् ।
एशियाली मुलुकका तटीय इलाकामा परिस्थिति भयावह बनिरहेको विषयलाई सरकारहरूले खासै महत्व दिएका छैनन् र यसलाई योजना निर्माण प्रक्रियामा समावेश पनि गरिएको छैन । पर्याप्त ज्ञान र तयारीको पनि अभाव छ । आर्थिक क्षति र क्षति न्यूनीकरणबाट हुने आर्थिक लाभका बारेमा विधिसम्मत विश्लेषण हुन सकेको पाइन्न । जमीनको सही सदुपयोग र पर्यावरणमा आधारित विधिजस्ता सामान्य पहललाई अगाडि बढाउन सकिन्छ, तर यसको प्रभावकारिताबारे कमै अध्ययन भएका छन् ।

एशियाको व्यापक आकार, जनसङ्ख्या र आर्थिक महत्व रहेको परिस्थितिमा जलवायु परिवर्तनका असरलाई न्यून गर्न एशिया नै विश्वव्यापी प्रयत्नको केन्द्र हुनुपर्दछ । धेरै किसिमबाट एशियाली शहरहरूमा विश्वकै भविष्य अन्तर्निहित छ । यसलाई सुरक्षित गर्न उनीहरूले सम्पूर्ण प्रयास गर्नु आवश्यक छ । रासस

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »