समाचार

२०७४-०६-६ मा प्रकाशित     १५२ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

असोज ६, न्यूयोक । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को आगामी शिखर सम्मेलन आयोजना गर्ने सम्बन्धमा सार्कको मन्त्रिस्तरीय बैठकमा सकारात्मक छलफल भएको छ ।

संयुक्त राष्ट्र सङ्घको ७२औँ महासभामा भाग लिन यहाँ आएका सार्क मुलुकका विदेश मामिलासम्बन्धी मन्त्रीहरुको बिहीवार भएको बैठकमा आगामी शिखर सम्मेलन गर्ने सम्बन्धमा सौहार्दरुपमा छलफल भएको छ । नेपालको तर्फबाट आयोजना गरिएको साइडलाइन बैठकमा श्रीलङ्काबाहेक सबै देशका विदेश मन्त्रीको सहभागिता रहेको उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कृष्णबहादुर महराले जानकारी दिए ।

‘सबैले सार्कको महत्वका विषयमा कुरा राख्नुभयो, हामीले शिखर सम्मेलन गर्ने सम्बन्धमा प्रस्ताव राख्यौँ, आगामी शिखर सम्मेलन गर्ने पालो पाकिस्तानको हो । सचिवालयको तर्फबाट मिति तोक्ने गरी बैठक सम्पन्न भयो”, उनले भने । सार्कको १८औँ शिखर सम्मेलन नेपालमा सम्पन्न भएपछि १९औँ शिखर सम्मेलन पाकिस्तानमा गर्ने भनिए पनि त्यसबारेमा हालसम्म कुनै प्रगति भएको छैन । यस परिवेशमा सार्कका विदेश मन्त्रीहरुको बैठक बस्नु आफैँमा सकारात्मक हो ।

परराष्ट्र सचिव शङ्करदास बैरागीले बैठकमा यसअघिको सार्क शिखर सम्मेलनको निर्णयको अवस्थाका बारेमा छलफल भएको बताउँदै निर्णय कार्यान्वयनका लागि यसअघिको कुन देशले के गर्ने भन्ने विषयका बारेमा सदस्य मुुलुकले विवरण प्रस्तुत गरेको जानकारी दिए । रासस


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »