समाचार

२०७४-०६-६ मा प्रकाशित     १९२ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

असोज ६, काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पर्यवेक्षण गर्न अनुमति चाहने सङ्घसंस्था र व्यक्तिलाई १५ दिनभित्र आवेदन दिन शुक्रवार सूचना जारी गरेको छ ।

दुवै निर्वाचन दुई चरणमा एकैसाथ मङ्सिर १० र २१ गते गर्ने सरकारले यस अघि नै घोषणा गरिसकेको छ । अनुशासन, लोकतन्त्र, निर्वाचन र शान्ति प्रवद्र्धनका क्षेत्रमा काम गर्ने उद्देश्य बोकेका सङ्घसंस्थाले निर्वाचन पर्यवेक्षणको अनुमति दिनसक्ने निर्वाचन आयोगले बताएको छ । निर्वाचन आयोगले यसअघि उक्त निर्वाचनको अवलोकन गर्न चाहने अन्तरराष्ट्रिय सङ्घसंस्थासँग आवेदन माग गरेको थियो । रासस


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »