समाचार

२०७४-०६-६ मा प्रकाशित     १८४ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

असोज ६, काठमाडौं । स्वास्थ्य मन्त्रालयद्वारा चालू आवमा सञ्चालित कार्यक्रमको वार्षिक समीक्षा शरक्रवारदेखि शुरु भएको छ । चारदिने सो समीक्षामा मन्त्रालयअन्तर्गतका सातओटै प्रदेशका प्रमुख, केन्द्रीय अस्पतालका प्रमुख, जनस्वास्थ्यकर्मीलगायत स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन आर्थिक एवम् प्राविधिक सहयोग गरिरहेका दातृ निकायका प्रमुखको समेत सहभागिता रहेको छ ।

बैठकमा सरकारद्वारा निःशुल्क वितरण गरिराखेका ७० प्रकारका औषधिका उपलब्धता, खोप, आमा सुरक्षा, बालस्वास्थ्य, प्रजनन स्वास्थ्य, कुष्ठरोग तथा औलो नियन्त्रण, एचआइभी/एड्स नियन्त्रण, भूकम्पले क्षति पु¥याएका ३१ जिल्लाका स्वास्थ्य सस्था पुनःनिर्माण तथा सर्ने तथा नसर्ने रोगका बारेमा समीक्षा हुनेछ ।

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले बैठकको उद्घाटन गर्दै संविधान प्रदत्त स्वास्थ्यका अधिकारलाई कार्यान्वयन गर्न त्यसअनुरुपमा संरचना बनाउन मन्त्रालयले काम गरिराखेका जानकारी दिए । उनले स्थानीय तहमा औषधि, उपकरणको अभाव हुन नदिन, विशेषगरी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या आउन नदिन र गुणस्तरीय स्वास्थ्य सेवामा सबै जनताको स्वास्थ्य पहुँच पुर्याउन स्वास्थ्यकर्मीलाई निर्देशन दिए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले निःशुल्क स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन, नेपालले अन्तरराष्ट्रिय क्षेत्रमा गरेका प्रतिबद्धतालाई पूरा गर्न विभागले ध्यान दिएको बताए । रासस


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »