बजार

२०७४-०६-९ मा प्रकाशित     १८३ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

‘व्यवसायिक मेलमिलापले व्यवसायमा सहज’

काठमाडौं । व्यवसायमा मेलमिलाप वैकल्पिक न्याय प्रणालीको नवीनतम अवधारणा भएको र यसको प्रयोगबाट व्यवसायीमैत्री वातावरण सृजना गर्न सकिने विज्ञहरूले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घले आइतवार आयोजना गरेको ‘उद्योग वाणिज्य क्षेत्रमा व्यावसायिक मेलमिलापको महत्त्व तथा चुनौती’ विषयक कार्यक्रमका सहभागीले सो धारणा राखेका हुन् । उनीहरूले आपसी असमझदारी र विवाद मेलमिलापका माध्यमबाट समाधान गर्दा समय, श्रम र साधनको नोक्सानी नभई छिटो, छरितो एवम् सरल प्रक्रियाबाट विवादको समाधान गर्न सकिने बताए ।

कार्यक्रमको उद्घाटन गर्दै सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशीले व्यावसायिक सम्बन्धमा हुने उतारचढावको प्रभावकारी निरुपणका लागि मेलमिलाप पद्धति निकै महत्त्वपूर्ण रहेको बताए । मेलमिलापलाई सन् १९७० पश्चात वैकल्पिक न्याय प्रणालीको नवीनतम अवधारणाका रूपमा स्वीकार गरिएको उनले बताए । न्यायमा सर्वसाधारणको पहुँच वृद्धि गराउने उद्देश्य लिई मेलमिलापसम्बन्धी ऐन २०६८ तर्जुमा भई २०७१ देखि कार्यान्वयनमा ल्याएको उनको भनाइ थियो । साथै, हालको मेलमिलापसम्बन्धी ऐनले मेलमिलाप परिषद्मा उद्योग वाणिज्य क्षेत्रमा कार्यरत सङ्घसंस्थाको प्रतिनिधित्व सुनिश्चित गरेको जानकारी दिँदै उनले सोहीअनुरुप अभ्यास प्रारम्भ गरिसकेको बताए ।

कार्यक्रममा प्रस्तुत कार्यपत्रमाथि विषयगत टिप्पणी गर्दै सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले महासङ्घले आफ्ना प्रादेशिक च्याप्टरको स्थापनासँगै संस्थागत रूपमा व्यावसायिक मेलमिलापलाई पनि अगाडि बढाउनुपर्ने सुझाव दिए । महासङ्घ अध्यक्ष भवानी राणाले अदालतका आफ्नै तह, प्रक्रिया, नियम कानून हुने र कानूनी माध्यमबाट विवाद समाधानमा जाँदा पार गर्नुपर्ने अदालती प्रक्रिया, त्यसमा लाग्ने समय खर्चसमेतका आधारमा विवादित पक्षले निकै ठूलो आर्थिक नोक्सानी बेहोर्नुपर्ने हु“दा व्यावसायिक विवादलाई अदालत जानुपूर्व नै मेलमिलापका माध्यमबाट समाधान गर्न सके त्यसबाट व्यवसायिक क्षेत्र लाभान्वित हुन सक्ने धारणा राखिन् । महासङ्घका निर्वतमान अध्यक्ष पशुपति मुरारका तथा महासङ्घका विशिष्ट सदस्य चण्डीराज ढकालले व्यावसायिक मेलमिलापको अभ्यासलाई केन्द्रदेखि स्थानीय तहसम्म लैजान महासङ्घले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए ।

नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीले नेपालको संविधानमा नै मेलमिलाप ऐनको व्यवस्था हुनु निकै स्वागतयोग्य रहेको बताए । मेलमिलापले कुनै पक्षको हार या जित नभई समस्या समाधान हुने हुँदा व्यावसायिक सफलतामा सहयोग पुर्‍याउने विश्वास उनले व्यक्त गरे । बार एशोसिएशनका महासचिव खम्मबहादुर खातीले नेपालको आर्थिक समृद्धिको मुख्य आधार निजीक्षेत्रका कानूनी समस्या समाधान गर्न सके मुलुकमा आर्थिक विकासले फड्को मार्ने विश्वास व्यक्त गर्दैै एशोसिएशनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »