यातायात

२०७४-०६-२४ मा प्रकाशित     ३७१२ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

सवारीसाधनको माइलेज बढाउन

काठमाडौं । नेपाल इन्धनमा पराधीन भएकै कारण वर्षेनि व्यापार घाटा बढ्दो छ । भारतसँग व्यापार घाटा हुनुको प्रमुख कारणमध्ये पेट्रोलियम पदार्थको आयात पहिलो नम्बरमा आउने गर्छ । एकातिर आफ्नो सवारीसाधनले बढी इन्धन खपत गर्दा व्यक्तिगत खर्च बढेको छ नै, नेपाली मुद्रा पनि विदेशिएको छ । त्यसैले, आफूले प्रयोग गर्ने गाडीमा कम इन्धन कसरी खपत गर्ने भन्नेतर्फ सोच्नु आवश्यक छ । यसले राष्ट्र र प्रयोगकर्ता दुवैलाई लाभ पुग्छ ।

वास्तवमा हामीले जानी नजानी गाडीमा अनावश्यक इन्धन खर्चिरहेका हुन्छौं । अनावश्यक रूपमा हुने इन्धन खपत न्यूनीकरण गरेर इन्धन अभावको समस्याबाट छूटकारा पाउन के गर्न सकिन्छ त ?

भार कम गर्ने
गाडीमा राखिने सामग्रीको वजनबाट इन्धन खपत बढी भइरहेको हुन्छ । गाडीमा क्षमताभन्दा बढी भार हुनेबित्तिकै गाडीको इन्धन खपत स्वतः बढ्छ । अधिकांशले गाडीभाडामा खर्च कम गर्न क्षमताभन्दा बढी सामग्री लोड गरेका हुन्छन् । यसले गाडीलाई सोझो भार पर्छ र इन्धन खपत पनि बढ्छ । त्यसैले, गाडीमा आवश्यकता र क्षमताभन्दा बढी भार राख्नु हुँदैन ।

टायर मोडिफाई नगर्ने
सवारीसाधनको टायरको मोटाइले पनि इन्धनको बढी खपत हुने गर्छ । सवारीसाधनलाई आकर्षक पार्ने नाममा धेरैले मोटा टायर राख्न मन पराउँछन् । वाइड टायरले राम्रो लूक्स दिएको भान परे पनि यसले प्रत्यक्ष रूपमा बढी इन्धन खान्छ । मोटो टायरले गाडीको इञ्जिनमा धेरै शक्ति दिनुपर्ने दबाब पैदा गर्छ । त्यसैले, सवारीसाधनमा प्रयोग गरिएको टायरलाई मोडिफाई गर्नु हुँदैन ।  

लामो समय रोक्नुपर्दा इञ्जिन अफ
सडक वा पार्किङमा धेरै समय रोकिराख्नुपर्ने अवस्थामा सवारीसाधनको इञ्जिन अफ गर्नुपर्दछ । सडकमा रातो बत्ती बल्दा र लामो जाममा पर्दा इञ्जिन अफ गर्दा इञ्जिनलाई भार पनि कम पर्छ । साथै, इन्धनको बढी बचत हुन्छ ।

गियर परिवर्तन
सवारीसाधन चलाउँदा एउटै गियरमा राखेको खण्डमा पनि बढी इन्धन खपत हुन्छ । त्यस कारण समय समयमा गियर परिवर्तन गरिराख्नुपर्छ । अनावश्यक रूपमा गियर परिवर्तन गरिरहने बानीले पनि इञ्जिनलाई बढी बोझ पर्छ । जरुरत पर्ने बेलामा गियर परिवर्तन गर्नु राम्रो बानी हो । यसले इन्धनको बचाउ गर्छ । गति विस्तारै बढाउने र गतिअनुसार गियर परिवर्तन गर्दा माइलेज बढी दिन्छ । अचानक गति बढाउँदा शक्ति आवश्यक पर्ने भएकाले इन्धन बढी खर्च हुन्छ । सवारीको मागबमोजिम गियर परिवर्तन गर्दा माइलेज राम्रो दिन्छ । उकालो बाटोमा जुन गियर प्रयोग हुन्छ, सोही गियरमा ओरालो झर्नु उपयुक्त हुन्छ । अत्यधिक मात्रामा गति बढाउँदा वा झ्वाट्ट–झ्वाट्ट ब्रेक लगाउँदा पनि माइलेज कम दिन्छ ।

एक्सिलेटरमा ध्यान
एक्सिलेटरको सीधा सम्बन्ध इञ्जिनसँग हुन्छ । एक्सिलेटरले सवारीसाधनको इञ्जिन र फ्यूल ट्याङ्कको सम्बन्ध जोडेको हुन्छ । पिकअप लिनका लागि बढी एक्सिलेटर दबाउँदा बढी इञ्जिन खपत हुने गर्छ ।

टायरमा हावाको चाप
टायरमा हावाको चाप पर्याप्त नभएमा गाडीको इञ्जिनमा पनि बढी चाप पर्छ र गाडीले धेरै इन्धन खान्छ । टायर पुरानो भइसकेपछि भने हावाको चाप छिटो छिटो कम हुन्छ । त्यसैले, टायरमा पर्याप्त हावाको चाप राखेर मात्रै गाडी गुडाउनुपर्छ । हावाको कम चापमा टायरको लाइफ पनि कम हुन्छ । त्यसैले, समय समयमा हावाको चाप जाँच गरी माइलेज बढाउने उपाय अपनाउनुपर्छ ।  

एयर फिल्टर
सफा इन्धन तथा एयर फिल्टरले सवारीको माइलेज बढाउन ठूलो भूमिका राख्छ । एयर फिल्टरमा धूलो तथा फोहोर जमेमा इन्धनसम्म हावा पुग्न सक्दैन । यसले इञ्जिनमा अतिरिक्त भार परी इन्धनको खपत बढ्छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »