प्रविधि

२०७४-०६-३० मा प्रकाशित     ५५३२ पटक पढिएको    १ बिचार / प्रतिक्रिया

स्मार्ट टीभी खरीद गर्दा ध्यान दिनुपर्ने विषय

काठमाडौं । अहिले कुनै पनि टीभी शोरूममा गयौं भने अत्याधुनिक र आकर्षक टीभी देख्न सकिन्छ । यसले गर्दा कुन चाहिँ टीभी सेट किन्ने भन्नेमा धेरैलाई अन्योल हुने गर्छ । अहिले एलईडी (लाइट इमिटिङ डायोड) टीभीको जमाना छ । साधारण एलईडीबाहेक कर्ब्ड, फोर के टीभी, यूएचडी (अल्ट्रा हाई डेफिनेशन)लगायत टीभी पनि नेपाली बजारमा उपलब्ध छन् । उत्कृष्ट श्रव्य–दृश्य सामग्रीको मज्जा लिन सकिने भएकाले बजारमा यस्ता टीभीको माग पनि बढ्दो छ । त्यसमा पनि चाडपर्व लक्षित गरी खरीदमा विभिन्न अफर, छूटका कारण नयाँ टीभी किन्ने लहर नै चल्न थालेको छ ।

पुराना प्रविधियुक्त टीभीको तुलनामा एचडी टीभी खरीद गर्दा केही बढी खर्च गर्नुपर्ने हुन्छ । साथै, आफ्नो आवश्यकताअनुसार खरीद योजना बनाउनु पनि उत्तिकै आवश्यक छ ।

इन्ब्युल्ट भिडियो फाइल टाइप प्रोशेसर चिप
टीभी खरीद गर्दा ध्यान दिनुपर्ने सबैभन्दा महत्त्वपूर्ण पक्ष यसले प्रस्तुत गर्ने दृश्यको गुणस्तर हो । अधिकांश मानिस यही फिचरका कारण आकर्षित भई एलईडी टीभी किन्ने गर्छन् । आफूले खरीद गर्न लागेको टीभीमा इन्ब्युल्ट (पहिले नै समावेश गरिएको) भिडियो फाइल टाइप प्रोशेसर चिपको सुविधा भए/नभएको निक्र्योल गर्नुपर्छ । यसका लागि सीधै विक्रेतासँग सोध्न सकिन्छ । ब्राण्डेड टीभीमा त्यसको फिचरका बारेमा स्पष्ट उल्लेख गरिएको ब्रोसर (जानकारी पुस्तिका)को समेत व्यवस्था गरिएको हुन्छ । यसबाट पनि टीभीमा रहेका विशेषताबारे विस्तृत जानकारी लिन सकिन्छ । साथै, टीभी सेटको पछिल्लो भागमा रहेको प्यानलमा समेत भिडियो प्रोशेसर ट्याग हेरेर इन्ब्युल्ट भिडियो फाइल टाइप प्रोशेसर भए/नभएको स्पष्ट हुन सकिन्छ ।

इमेज रिजोल्युशन
दृश्यको गुणस्तरपछि ध्यान दिनुपर्ने अर्को महत्त्वपूर्ण विषय इमेज (तस्वीर) रिजोल्युशन हो । एचडी टीभीमा यसैको आधारमा टीभीमा प्रस्तुत हुने दृश्य कत्तिको स्पष्ट हुने थाहा पाउन सकिन्छ । त्यसैले, उत्कृष्ट दृश्य गुणस्तरका लागि सकेसम्म करीब १ हजार ८० पिक्सेल रिजोल्युशनसहितको टीभी खरीद गर्नु राम्रो हुन्छ ।

आवाजको गुणस्तर
एचडी एलईडी टीभी खरीद गर्नुपूर्व त्यसले सम्प्रेषण गर्ने आवाजको गुणस्तरबारे ध्यान दिनु पनि आवश्यक हुन्छ । अहिले बजारमा उपस्थित अधिकांश एचडी टीभीका निर्माताले ‘५.१ च्यानल डोल्बी डिजिटल साउण्ड इफेक्ट’ प्रणालीको सुविधा आफ्ना टीभीमा उपलब्ध गराउँदै आएका छन् । यसले उच्च गुणस्तरको आवाज प्रस्तुत दिन्छ । एलईडी टीभीमा डोल्बी डिजिटल प्रविधिले दिने आवाजको गुणस्तर अन्यको तुलनामा राम्रो हुने निर्माता कम्पनी तथा व्यवसायीहरू बताउँछन् । त्यसैले, अन्य प्रविधिका टीभीभन्दा यो प्रविधियुक्त टीभी छनोट गर्नु लाभदायक देखिन्छ ।

इनपुट आउटपुट स्लट
एचडी एलईडी टीभीमा श्रव्य तथा दृश्यका लागि एकभन्दा बढी केबल कनेक्शनको सुविधा उपलब्ध गराइएको हुन्छ । त्यसैले, आफ्ना लागि टीभीको छनोट गर्दा त्यसमा आवश्यक सबै इनपुट तथा आउटपुटका स्लटको व्यवस्था रहेकोमा निश्चित हुनुपर्छ । कसैलाई टीभीसहित होमथिएटर जडान गरी मनोरञ्जन लिने रहर हुन सक्छ । त्यसैले, होमथिएटर पुरानो होस् वा नयाँ, यसलाई टीभीमा जडान गर्न स्लटको व्यवस्था हुनु जरुरी हुन्छ । यस्तो स्लट जाँच गर्दा डिजिटल भिडियो इण्टरफेरेन्स (डीभीआई), हाई डेफिनेशन मिडिया इण्टरफेरेन्स (एचडीएमआई)लगायत स्लट भए÷नभएको पनि निश्चित हुनुपर्छ । किनभने, यिनको अभावमा भिडियो गेम खेल्ने तथा ब्लू रे भिडियोलगायतको मज्जा लिनबाट वञ्चित हुनुपर्ने सम्भावना हुन्छ ।

वारेण्टी सुविधा
एचडी एलईडी टीभी खरीदका लागि तुलनात्मक रूपमा केही बढी खर्च गर्नुपर्ने हुन्छ । त्यसैले, सर्वाधिक वारेण्टी अवधिसहितको टीभी छनोट गर्नु बुद्धिमानी हुन्छ । खरीद गर्न लागेको टीभीबारे आफ्ना जिज्ञासा विक्रेताका सामु राख्न हिच्किचाउनु हुन्न । विक्रेताले विक्री गर्ने क्रममा टीभीको सञ्चालन प्रक्रियाबारे दिने डेमोन्ष्ट्रेशन (प्रस्तुति वा नमूना)मा विशेष ध्यान दिनु आवश्यक छ । यसैको सहायतामा टीभीको छनोट तथा खरीद निर्णय गर्न सकिन्छ ।


#  
बिजेश लाल अमात्य लेख्नुहुन्छ

टि.भि. बेच् न वारेण्टि छ भन्छन ,तर लागु हुन्दैन।मैले नि किनेको ९ महिना हुदा बनाऊदा नि पैसा तिर्नु पर्यो। त्यसैले साथीहरु वारेण्टिको पछि नलाग््नुस।

http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »