समाचार

२०७४-०७-१ मा प्रकाशित     ४४०१ पटक पढिएको    २ बिचार / प्रतिक्रिया

कात्तिक १, काठमाडौं । शेयरमा लगानी गर्न चाहनेलाई सत्यतथ्य जानकारी दिने उद्देश्यले डेटा एनालिटिक्स सफ्टवेयर सार्वजनिक भएको छ । शेयरमा लगानी गर्न चाहने नागरिकलाई सम्बन्धित कम्पनीका बारेमा सत्यतथ्य जानकारी दिने लक्ष्यका साथ उक्त सफ्टवेयर विकास गरिएको हो ।

एस्ट्रिक टेक्नोलोजीले निर्माण गरेको उक्त सफ्टवेयरले शेयरमा लगानी गर्न चाहनेलाई कम्पनीको आर्थिक अवस्था, बजार मूल्य, नाफा घाटा तथा सम्बन्धित कम्पनीको सम्पूर्ण विवरण लगानीकर्तालाई जानकारी दिनेछ ।  

उक्त सफ्टवेरमा नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत सबै कम्पनीको विगत पाँच वर्ष यताको सबै तथ्याङ्क राखिएको छ । सफ्टवेयर प्रयोगकर्ताले आफूले चाहेबमोजिमको तथ्याङ्क उक्त  सफ्टवेयरबाट लिनसक्ने एस्ट्रिक टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत अतितलाल श्रेष्ठले जानकारी दिए । तर उक्त  सफ्टवेयर भने लगानीकर्ताले रू. तीन हजार ५सयमा खरीद गर्नुपर्ने हुन्छ ।

उक्त सफ्टवेयरको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमवार एक कार्यक्रमकाबीच सार्वजनिक गरेका हुन् । र्थमन्त्री कार्कीले डेटा एनालिटिक्स सफ्टवेयरले शेयर बजारका लगानीकर्तालाई सूचीकृत कम्पनीका बारेमा विश्लेषण गरी लगानीसम्बन्धी निर्णय लिन सहयोगी हुने विश्वास व्यक्त गरे ।

धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले स्वदेशी लगानीकर्ताको संरक्षण गर्दै धितोपत्र बजारमा गैरआवासीय नेपालीको लगानी भित्र्याउन गृहकार्यमा बोर्ड जुटेको जानकारी दिए ।
 
उनले गैरआवसीय नेपालीले गर्ने लगानीको सीमा, मुनाफा फिर्ता लैजानेलगायतका विषय टुङ्ग्याउन बाँकी रहेकाले यसले मूर्तरुप लिन नसकेको बताए ।

नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले विकास बैङ्क र लघुवित्त कम्पनीको परिसूचक छुट्याएर बेग्लाबेग्लै बनाउन लागिएको जानकारी दिँदै अनलाइन कारोबार छिटो सञ्चालनका लागि आफूले कार्यभार सम्हालेदेखि नै प्रयास थालेको बताए । रासस


#  
Sagar parajuli लेख्नुहुन्छ

Ab bidas bat pani kam garn sakinch ta.?

pramod shakya लेख्नुहुन्छ

online transaction bhanekai samay kartik 21 gate dekhi suru garda ramro huncha.

समाचार

http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »