बजार

२०७४-०७-१ मा प्रकाशित     ३४७ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

देउसी भैलोका लागि मादलको विक्री बढ्यो

कात्तिक १, उदयपुर । दशैं लगत्तै तिहार नजिकिएपछि स्थानीय बजारमा मादलको विक्री बढेको छ । देउसीभैलो खेल्नका लागि मादलको प्रयोग अनिवार्य हुने भएकाले पनि यसको विक्री बढेको हो । जिल्ला सदरमुकाम गाईघाटमा वर्षेनी मादल विक्री गर्दै आएका खड्ग बहादुर शाहीले यस वर्ष पनि मादलको विक्री बढेको बताए ।  उनले वार्षिक एक सयदेखी एक सय ५० ओटासम्म मादल विक्री गर्ने गरेको बताए । 

बजारमा एउटा मादल एक हजार पाँच सयदेखि तीन हजार रुपैयाँसम्म विक्री हुने गरेको शाही बताउँछन् । जिल्ला सदरमुकाम गाईघाटमा मात्रै थोक मात्रामा मादल विक्री गर्ने व्यापारीहरु आधा दर्जन रहेका छन् । स्थानीय बजारमा वार्षिक आठ सय देखि एक हजार ओटासम्म विभिन्न साईजका मादलहरु विक्री हुने ३० वर्षदेखि मादल बनाउँदै आएका स्थानीय कालीगढ भेष राज सार्कीले बताए । सार्कीले मात्रै वर्षेनी तीनसय ओटा मादल निर्माण गर्ने गरेका छन् । आफूले बनाएका मादलहरु स्थानीय व्यापारीहरुलाई बेच्ने गरेको उनले बताए । निर्माण खर्च बाहेक एउटा मादलमा तीन सय रुपैयाँ नाफा हुने गरेको सार्की बताउँछन् । एउटा मादल बनाउन कम्तीमा आधा देखि एक दिनसम्म लाग्ने गर्दछ ।

गाईघाटमा कोसेली घर नाम राखी स्थानीय मादलहरु विक्री गर्दै आईरहेका मादल व्यापारी हुन रुद्रबहादुर श्रेष्ठले अघिल्लो वर्ष मात्रै दुई सय ओटा मादल विक्री गरेको बताए । केही वर्ष यता साउण्ड सिस्टमबाटै देउसी भैलो खेल्न थालेपछि मादलको प्रयोग घट्दै गएको उनको भनाई छ ।  

कसरी बन्छ मादल ?

सिउँडी, खमारी, लामपाते र कटहरको काठबाट मादल बनाउने गरिन्छ । हाल कटहरको काठ गाउँघरमा प्रशस्त पाईने भएकोले मादल बनाउन सोही काठको प्रयोग गरिन्छ । मादल बनाउन चाहिने कच्चा सामग्रीहरुमा मुख्य बस्तु छाला पनि हो । विगतमा मादलको ताल(मथुरा) बनाउनका लागि बाँदरको छाला प्रयोग हुने गरेकोमा हाल यसको अभावमा अन्य छालाहरु प्रयोग हुने गरेको जिल्लाका वरिष्ठ संगीतकार एवम् गीतकार गोपाल कृति बताउँछन् । कृतिका अनुसार अन्य छालाको तुलनामा बाँदरको छाला उच्च स्तरको भएको र त्यसबाट बनेको मादलको ताल मिठो र कर्णप्रिय सुनिन्छ । अहिले निर्माण हुने मादलमा बढी मात्रामा बाख्राको छाला प्रयोग हुने गरेको उनी बताउँछन् । त्यस्तै ताना बनाउन राँगा, भैसीको छाला पनि प्रयोग हुन्छ । 

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »