समाचार

२०७४-०७-१ मा प्रकाशित     १६१ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

कात्तिक ५ गतेपछि माओवादीले सरकार छाड्छ : मन्त्री शाही

कात्तिक १, काठमाडौं (अस) । सरकारबाट नहटेपछि बिना विभागीय मन्त्री बनाइएका माओवादी केन्द्रका मन्त्रीहरु कात्तिक ५ गते सरकारबाट बाहिरिने मन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । बुधवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री शाहीले आफूहरुलाई सरकारमै बसिरहने कुनै चाहना नरहेको बताएका हुन् । 

मन्त्री शाहीले भने, ‘हामी चुनावको सुनिश्चितताको लागि मात्रै सरकारमा बसेका हौं, होईन भने हामी विनाविभागीय भएर सरकारमै बसिरहन चाहँदैनौं ।’ प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव सार्ने संकेत देखाएको भन्दै आफूहरु मनोनयन दर्ताको मितिसम्म सरकारमा बिना विभागियकै रुपमा भएपनि बस्ने उनको भनाई थियो । शाहीले भने,‘प्रधानमन्त्रीले ठूलो गल्ती गर्नुभएको छ, संसद नभएको बेला र हामीले सरकारलाई दिएको समर्थन कायम राखेको बेलामा मन्त्रीहरु थप्नुभयो, मन्त्रीहरुका गाडीले काठमाडौंमा जाम हुने स्थिति भयो, हामीलाई एक मिनेट सरकारमा बस्ने रहर छैन्, हामी यही कात्तिक ५ गतेसम्म सरकारमा बस्छौँ, त्यसपछि सरकार छोड्छौँ ।’ 

तोकिएको समयमा प्रधानमन्त्रीले निर्वाचन नगरे सरकार र सडकबाट आन्दोलन थाल्ने मन्त्री शाहीले  चेतावनी दिएका छन् । 

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।

समाचार

http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »