लगानी

२०७४-०७-१ मा प्रकाशित     ४१५ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

शेयर किनेको पैसा तिहारपछि बुझाएपनि हुने भएपछि खरीदकर्ता बढे

तिहार अगाडि नेप्सेमा उत्साह, ९.१७ अङ्क बढ्यो परिसूचक

कात्तिक १, काठमाडौं । तिहार अगाडिको अन्तिम कारोबारको दिन शेयर बजार बढेर बन्द भएको छ । केहि बैङ्क तथा वित्तीय संस्थाहरुको साधारण सभाको प्रयोजनको लागि बुक क्लोज हुने मिति नजिकिंदै गर्दा लगानीकर्ताहरु लाभांश सुरक्षित गर्नतर्फ लागेपछि शेयर बजारमा सकारात्मक प्रभाव परेको विश्लेषण गरिएको छ । बजार खुलेको केहि समयदेखि घटेको बजारमा शेयर सस्तो भएपछि लगानीकर्ताहरुले शेयर खरीद गरेका हुन् । बुधवार खरीद गरेको शेयरको मूल्य तिहारपछि मात्र बुझाउनु पर्ने भएकाले खरीदकर्ता बढेका हुन् । 

कारोबार भएको मध्यान्तरसम्म घटेको बजार त्यस पछि बढेको हो । यस दिन नेप्से परिसूचक शून्य दशमलव ५९ प्रतिशत बढेको छ । नेप्से ९ दशमलव ७ अङ्क बढेर १ हजार ५ सय ६८ दशमलव ३५ विन्दुमा पुगेको छ । यस दिन कारोबार भएका १ सय ४५ कम्पनीहरुको ३ हजार ३ सय ३१ पटकको व्यापारमा ११ लाख ११ हजार १ सय ३० कित्ता शेयरको रू. ४३ करोड २५ लाख बराबरको शेयर कारोबार भएको छ । 

कारोबार रकम अघिल्लो दिनको तुलनामा २९ दशमलव ३४ प्रतिशत घटेको छ भने कुल बजार पूँजीकरण शून्य दशमलव ५९ प्रतिशत बढेर रू. १८ खर्ब २० अर्ब पुगेको छ । नेपाल स्टक एक्सचेञ्चले नविकरण शूल्क नबुझाएका कारण यस दिन १५ कम्पनीको कारोबार बन्द गरेपछि कारोबार रकम घटेको हो । जुन जुन कम्पनीहरुले पछि शुल्क बुझाए ति कम्पनीहरुको कारोबार खुला भएको छ । सो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ५४ प्रतिशत बढेर ३ सय ३० दशमलव १० अङ्क पुगेको छ । कारोबार भएका १ सय ४५ कम्पनीमध्ये ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने ३४ कम्पनीको शेयर मूल्य घटेको छ । साथै, १२ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । 

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर प्रत्ति कित्ता रू. १ हजार १ सय ७५ मा रू.४ करोड ४० लाख बराबरको कारोबार भएको छ । चिलिमे हाइड्रोपावर कम्पनीको प्रति कित्ता रू. ९ सय १ मा रू. ३ करोड ९६ लाख बराबरको शेयर कारोबार भएको छ । साथै, राष्ट्रिय बीमा  कम्पनीको संस्थापक शेयर, नेपाल लाइफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, नेपाल दूर सञ्चार कम्पनी, सिभिल बैङ्क, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल इन्भेष्टमेण्ट बैङ्क र प्रभु बैङकको शेयर रू. ८५ लाख देखि रू. १ करोड ४६ लाखसम्मको कारोबार भएको छ । ङादी गु्रप पावर कम्पनीको शेयर मूल्य अघिल्लो दिनको तुलनामा ५ दशमलव २२ प्रतिशत बढेको छ । साथै बरुण हाइड्रोपावरको शेयर मूल्य ५ दशमलव शून्य ३ प्रतिशत बढेको छ । त्यसैगरि, वेष्ट फाइनान्स लिमिटेडको शेयर मूल्य अघिल्लो दिनको तुलनामा करीब ९ प्रतिशत घटेको छ । 

यस दिन कारोबार भएका आठ समूहको परिसूचक हरियो भएको छ । सबै समूहको परिसूचक बढेपछि नेप्से परिसूचक बढेको हो । व्यापार समूहको परिसूचक २ दशमलव ८५, ‘अन्य’ समूहको १ दशमलव १८, बीमा कम्पनीको १ दशमलव १५, वित्त कम्पनीको शून्य दशमलव ९६, विकास बैङ्कको शून्य दशमलव ७६, जलविद्युत कम्पनीको शून्य दशमलव ६३, होटल समूहको शून्य दशमलव १५ प्रतिशत र बैङ्किङको परिसूचक शून्य दशमलव ३ प्रतिशत बढेको छ । 

यस दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स न्यूट्रल जोन अथवा ५६ दशमलव ५० स्केलमा रहेको छ । यसले बजार सन्तुलनमा रहेको देखाउँछ । त्यसैगरी, सो दिन नेप्सेको एडी रेशियो २ दशमलव ९१ रहेको छ । यसले बजार वुलिश प्रवृत्तिमा रहेको देखाउँछ ।
 

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »