समाचार

२०७४-०७-२ मा प्रकाशित     ४२६ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

कात्तिक २, पर्वत । जिल्लाको कुश्मा नगरपालिका १४ आर्थरडाँडाखर्कले विपन्न परिवारलाई विद्युत जडानमा अनुदान दिने निर्णय गरेको छ । विपन्नसँग विद्युत जडानका लागि रकम नभएका कारण विजुली वाल्न नपाएको महशुस गरि अनुदान दिने निर्णय गरेको वडाध्यक्ष भीमप्रसाद गुरुङले वताए । 

वडाले गरिव र दलित परिवारलाई तार, मिटरबक्स र वायरिङ खरीदमा अनुदान दिने भएको हो । वडाध्यक्ष गुरुङले भने, ‘पैसा नभएर सय घरले विजुली वाल्न पाएनन्, त्यहि भएर वडाले अनुदान दिन लागेकोे हो ।’ 

अधिकांश दलित र जनजाती समुदाय बसोवास रहेको कुश्मा १४ मा विपन्न परिवारले विजुली वाल्न नपाएको भन्दै वडामा निवेदन दिएका थिए । निवेदन आएपछि लक्षित वर्गको बजेटले त्यस्ता दलित र विपन्न परिवारलाई मिटर, वायरिङ र तार खरीदमा लाग्ने खर्च दिने निर्णय गरेका वडासदस्य होमनाथ रिमालले वताए । उनले भने, ‘सबैको पहिचान गरेर प्रत्येकलाई अनुदान दिने निर्णय भएको छ ।’ 

साबिक आर्थर गाविसको ६ वडामा सामुदायिक र ३ वडामा केन्द्रीय प्रसारण लाइनको विद्युतीकरण रहेको छ । निर्वाचित जनप्रतिनिधिले जनतालाई गाउँमै प्रत्यक्ष राहत दिने प्रतिबद्धता कार्यान्वयन गर्न यस्तो निर्णय गरिएको वडा सदस्य रिजालले बताए । वडा समितिको मङ्गलवारको वैठकले उक्त निर्णय लिएको हो । 

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।

समाचार

http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »