बजार

२०७४-०७-६ मा प्रकाशित     १७९ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

छठको सामग्रीको मूल्य बढेपछि रौतहटका उपभोक्ता मारमा

कात्तिक ६, रौतहट । छठ पर्वमा प्रयोग हुने सामग्रीको मूल्य बढेपछि रौतहटका उपभोक्ता मारमा परेका छन् । छठमा प्रसादको रुपमा प्रयोग हुने केरा, नरिवल, उखु, मुला, कागती, स्याउ, सुन्तला, सख्खरका साथै बाँसबाट बनेको नाङ्लो, कोनियाँ र माटाको भाँडाकुडालगायत समानको मूल्य बढेको छ ।
बिगतको बर्षको तुलनामा यस छठमा सामनको मूल्य दोव्बरले बढेको चन्द्रनिगाहपुरका दिपक चौधरीले बताए । बिगतमा  ५ /६ सय रुपैयाँमा  मा पाईने एक घरी केराको मूल्य बढेर अहिले एक हजारसम्म भएको उनले गुनासो गरे ।

छठमा आवश्यक पर्ने सामनको मूल्य बढेपछि सर्वसाधरण चिन्तित बनेका छन् । यस समयमा फलफूल तथा  माटा र बाँसका सामग्रीको माग बढि हुने गरेकाले पनि व्यापारीले मनपरी मूल्य बढाउने गरेका छन् ।

चाडपर्वमा आवश्यक सामग्रीको मूल्य बढाएर व्यापारीले उपभोतmालाई दुख दिने गरेको प्रति उपभोतmा हित संरक्षण मञ्च रौतहटको ध्यानकर्षण भएको बताएको छ । चाडपर्वको मौका छोपेर बजारमा व्यापारीले सामानको मूल्य बढाइए पनि अनुगमन गरी कारबाही गर्ने निकाय मौन बनेको मञ्चका सचिव टिका घिमिरेको आरोप छ ।

रौतहटको गढीमाई नगरपालिकाको कार्यपालिका बैठकले प्रत्येक वडाको छठ घाट सजाउन ४० हजार रुपैयाँको दरले बजेट निकासा गर्ने निर्णय समेत गरेको छ ।  

छठ पर्वको समयमा चोरी, लुटपाट लगायतको अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले बताए ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »