लगानी

२०७४-०७-६ मा प्रकाशित     ३५८ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

नेप्से परिसूचक घटेपनि कारोबार रकममा १० प्रतिशत वृद्धि

कात्तिक ६, काठमाडौं । तिहार पछिको कारोबार भएको दोस्रो दिन सोमवार नेप्से परिसूचक शून्य दशमलव २३ प्रतिशत घटेको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा करीब १० प्रतिशत बढेको छ भने कुल बजार पूँजीकरण शून्य दशमलव २३ प्रतिशत घटेर रू. १८ खर्ब २० अर्ब पुगेको छ । कारोबार शुरु भएदेखि घटेको बजार अन्त्यमा ३ दशमलव ६२ अङ्क घटेर १ हजार ५ सय ६८ दशमलव ३० विन्दुमा पुगेर बन्द भएकोे छ । यस दिन कारोबार भएका ९ समूहको परिसूचकमध्ये ‘अन्य’ समूहको परिसूचक मात्र बढेको छ भने बाँकी समूहको परिसूचक घट्नाले नेप्से परिसूचक घटेको हो । नेपाल दूरसञ्चार कम्पनीको शेयर मूल्य बढेपछि ‘अन्य’ समूहको परिसूचक  बढेको हो ।

यस दिन कारोबार भएका १ सय ५६ कम्पनीहरुको ३ हजार ७ सय ८८ पटकको व्यापारमा ८ लाख ८७ हजार ६ सय ४३ कित्ता शेयरको रू. ४० करोड ७ लाख बराबरको शेयर कारोबार भएको छ । सो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव १४ प्रतिशत घटेर ३ सय ३० दशमलव ५३ अङ्क पुगेको छ । कारोबार भएका १ सय ५६ कम्पनीहरुमध्ये ४७ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ९४ कम्पनीहरुको शेयर मूल्य घटेको छ । साथै, १५ कम्पनीहरुको शेयर मूल्य स्थिर रहेको छ ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रति कित्ता रू. ८ सय २० मा रू. ३ करोड ३५ लाख बराबरको सबैभन्दा बढी शेयर रकम कारोबार भएको छ । साथै, लाइफ इन्स्योरेन्स कम्पनी, प्रभु इन्स्योरेन्स, बुटवल पावर कम्पनी, नागवेली लघुवित्तको संस्थापक शेयर, प्राइम कमर्शियल बैङ्क, नेपाल लाइफ इन्स्योरेन्स, सनराइज बैङ्क, बैङ्क अफ् काठमाण्डौ र स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको शेयर रकम रू. ८५ लाखदेखि २ करोड ६२ लाखसम्मको शेयर कारोबार भएको छ ।

मल्टीप्रपोज फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य अघिल्ले दिनको तुलनामा ९ दशमलव २२ प्रतिशत बढेको छ । त्यसैगरि, जनउत्थान सामुदायिक लघुवित्त विकास बैङ्कको शेयर मूल्य अघिल्लो दिनको तुलनामा ५ दशमलव ३१ प्रतिशत घटेको छ । यस कम्पनीले शेयरधनीहरुलाई २० प्रतिशत वोनस शेयर र सो मा लाग्ने कर प्रयोजनको लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेपनि यस कम्पनीको शेयर मूल्य घटेको छ ।

कारोबार भएका ९ समूहको परिसूचकमा ‘अन्य’ समूहको परिसूचक १ दशमलव ७३ प्रतिशत बढेको छ । साथै, व्यापार समूहको परिसूचक ३ दशमलव ६३, उत्पादन तथा प्रशोधन समूहको २ दशमलव २४, बीमा कम्पनीको शून्य दशमलव ५८ प्रतिशत घटेको छ । विकास बैङ्कको परिसूचक शून्य दशमलव ५६, होटल र वित्त कम्पनीको शून्य दशमलव ५५ प्रतिशत, जलविद्युत कम्पनीको शून्य दशमलव २२ प्रतिशत र बैङ्किङको परिसूचक शून्य दशमलव २ प्रतिशत घटेको छ ।

उत्पादन तथा प्रशोधन समूहमा पर्ने युनिलिभर नेपाल लिमिटेडको नेप्सेले सोमवार कारोबार खुला गरेको हो । नेपाल स्टकमा नविकरणको शुल्क नकुझाएको भन्दै कारोबार बन्द गरेको थियो । यस कम्पनीको शेयर मूल्य कारोबार भएको दिनको तुलनामा रू. १ हजार १ सय घटेको छ । यस कम्पनीकाने शेयर मूल्य घटेपछि यस समूहको परिसूचक घटेको हो । त्यस्तै, व्यापार समूहमा पर्ने विशाल बजार कम्पनीको शेयर मूल्य अघिल्लो दिनको तुलनामा रू. ९८ घटेपछि यस समूहको परिसूचक घटेको हो ।

यस दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स न्युट्रल जोन अथवा ५६ दशमलव १० स्केलमा रहेको छ । यसले बजार सन्तुलनमा रहेको देखाउँछ । त्यसैगरी, सो दिन नेप्सेको एडी रेशियो शून्य दशमलव ५ रहेको छ । यसले बजार वियरिश प्रवृत्तिमा रहेको देखाउँछ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »