प्रविधि

२०७४-०७-१३ मा प्रकाशित     १८४६ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

मोबाइल स्लो भयो ?...यी उपाय प्रयोग गर्नुहोस्

डाउनलोड तथा इन्ष्टल गरिएका एप, क्यासमा बसेका डाटा, ब्याकग्राउण्डमा चलिरहेका एप, एनिमेशन स्पीड, आदि कारण मोबाइलको स्पीड स्लो हुने गर्छ । मोबाइलको स्पीड बढाउने उपायबारे यहाँ चर्चा गरिएको छ :

नचलाइने एप तथा गेम डिलिट गर्ने
वाईफाई भेट्यो कि केही न केही नयाँ एप डाउनलोड गर्ने बानी कतिपयको हुन्छ । डाउनलोड भएका एप प्रयोग नगरीकन मोबाइलमै राखिरहने पनि गरिन्छ । यसले गर्दा मोबाइल स्लो हुने गर्दछ । फुर्सदमा खेलौंला भनेर गेम इन्ष्टल गरी नचलाउँदा पनि मोबाइलको सीपीयूमा केही न केही रिसोर्स ओगटिरहन्छ । त्यसैले, १ महीनायता प्रयोगमा नआएका एप डिलिट गर्नुपर्दछ । १ महीनासम्म प्रयोगमा नआएको कुरा पछि प्रयोगमा आउँदैन वा आवश्यक परे पुनः डाउनलोड गर्ने अप्शन त छँदै छ ।

मेमोरी खाली गर्ने
एण्ड्रोइड फोन स्लो हुनुको अर्कोे कारण इण्टर्नल मेमोरी भरिनु पनि हो । त्यसैले, मेमोरी सकेसम्म खाली गर्नुपर्छ । यसका लागि फोनमा रहेका काम नलाग्ने/प्रयोग भइसकेका फोटो, हेरिसकिएका भिडियो र फाइल फाइल हटाउनुपर्दछ ।

यस्ता सामग्री पछिसम्मलाई आवश्यक पर्नेे भएमा कम्प्युटर वा पेन ड्राइभमा सार्न सकिन्छ, अथवा भिडियो र फोटोलाई ग्यालरीको सट्टा द क्लाउड वा गूगल फोटोजमा सेभ गर्नुपर्छ । यसबाट फोनको स्टोरेजमा बढी लोड पर्दैन ।

क्याष्ड डाटा क्लीन गर्ने
कुनै एप वा साइट खोल्दा सामान्यतया धेरै प्रयोग भइरहने फोटो तथा आइकन मोबाइलमा स्टोर भएको हुन्छ । यो क्याष्ड डाटा कुनै एप डिलिट गरे पनि स्टोर भइरहेको हुन सक्छ, जसले मोबाइलको मेमोरी ओगटिरहेको हुन्छ । त्यसैले, मोबाइलको स्पीड बढाउन समय समयमा क्याष्ड डाटा क्लिन गर्ने गर्नुपर्दछ ।

एनिमेशन कम गर्ने वा नचलाउने
एनिमेशनले सीपीयू रिसोर्स निरन्तर ओगटिरहेको हुन्छ । यसो हुन नदिन सेटिङभित्रको एबाउट फोनमा गई ब्युल्ड नम्बरमा जानुपर्दछ । ब्युल्ड नम्बरलाई सातचोटि लगातार ट्याप गरेपछि हामी डेभलपर हुनेछ । त्यसपछि एक स्टेप ब्याक हुँदा डेभलपर अप्शन आउनेछ र त्यहाँको सिष्टममा गई विण्डोज एनिमेशन, ट्राञ्जिशन एनिमेशन, एनिमेशन स्केल र एनिमेशन ड्युरेशन स्केललाई फाइभएक्स वा अफ गर्नुपर्छ ।

अपटुडेट रहने
नयाँ अपडेटमा पुराना सफ्टवेरमा भएका समस्या समाधान भएर आएका हुन्छन्, जसले सीपीयू, र्‍यामलगायत हार्डवेयर्स र एपहरूबीच कम्युनिकेशन राम्रो गराउँछ । यसका लागि मोबाइलको अपरेटिङ सिष्टम अपटुडेट गर्न जरुरी हुन्छ ।

फ्याक्ट्री रिसेट
फ्याक्ट्री रिसेटले मोबाइलको सेटिङ्स तथा डाटाहरू क्लीयर गर्छ । मोबाइल पुरानो हँुदै जाँदा स्पीड पनि स्लो हुँदै जान्छ । त्यसैले, महत्त्वपूर्ण डाटाहरू ब्याकअप गरी फ्याक्ट्री रिसेट गर्दा पनि मोबाइलको स्पीड बढ्छ ।

क्लीनर एप
पुरानो भर्शनका मोबाइलमा मेमोरी बुष्टर क्लीन माष्टर र एवीजी क्लीनर जस्ता एप्लिकेशन गूगल प्लेस्टोरबाट डाउनलोड गरेर फोनको स्पीड बढाउन सकिन्छ । त्यस्तै, मोबाइलमा सीपीयूको उपयोगिता थाहा पाउन ट्रेपन प्रोफाइलर पनि डाउनलोड गर्नु पनि एउटा विकल्प हो । यसको मद्दतले फोनलाई स्लो बनाएको कारण थाहा हुनुका साथै अनावश्यक सामग्री हटाउन सकिन्छ ।

नोटिफिकेशन अफ मोड
धेरैजसो एप्लिकेशन लाइभ अपडेट हुन्छन्, जसको कारण मोबाइलमा नोटिफिकेशन आइरहन्छ । नोटिफिकेशन धेरै भएपछि मोबाइल स्लो हुन्छ ।

इण्टर्नल मेमोरीबाट एप्स सार्ने
स्मार्टफोनमा जति पनि एप्स हुन्छन्, ती सबै इण्टर्नल मेमोरीमै सेभ गरिएको हुन्छ । यदि फोनमा बढी एप्स छन् भने फोनको प्रोशेसिङ स्लो हुन्छ । त्यसैले, एपहरूलाई एसडी कार्डमा सार्नुपर्दछ । यसबाट फोनको प्रोशेसिङ तीव्र हुनेछ ।

प्रस्तुति : रामकुमार लामिछाने


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »