प्रडक्ट

२०७४-०८-१ मा प्रकाशित     २८६९ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

छैंटौ कर दिवस विशेष

करदेखि डर होइन भर गर्नुपर्छ

काठमाडौं । मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएको दिन २०५४ मङ्सिर १ को सम्झना गर्दै करसम्बन्धी जनचेतना र जनसहभागिता वृद्धि गर्ने उद्देश्यले विगत ३ वर्षदेखि यस दिनलाई राष्ट्रिय कर दिवसका रूपमा मनाउन थालिएको हो ।

विगतमा भन्सार महशुल र घरजग्गा रजिष्ट्रेशन कर राजस्वको प्रमुख हिस्सा रहेकोमा हाल ती करको हिस्सा क्रमशः कम हुँदै गएको छ भने मूल्य अभिवृद्धि कर तथा आयकर राजस्वका प्रमुख स्रोत बनेका छन् । मूअकको २ तिहाइ हिस्सा भन्सार विन्दुबाटै सङ्कलन भइरहेको छ ।

कर दिवसका अवसरमा करसम्बन्धी जनचेतना जगाउने, पर्चा पम्प्लेटिङ वितरण गर्ने, अघिल्लो आवमा सबैभन्दा धेरै कर तिर्ने करदातालाई कदरपत्र दिनेलगायत कार्यक्रम गर्ने गरिन्छ । बढी कर तिर्ने करदातालाई सम्मान गर्ने परिपाटीभन्दा इमानदारितापूर्वक कर तिर्नेलाई सम्मान गर्नुपर्ने तर्क करदाताहरूको रहँदै आएको छ ।

अधिकांश यूरोपेली मुलुकमा र दक्षिण एशियाली राष्ट्रमा समेत उत्कृष्ट करदातालाई सम्मान गर्दा उसको इमानदारीको पनि मूल्याङ्कन गर्ने गरिन्छ । यसैगरी करदाताहरूको कर रकमलाई पारदर्शी रूपमा सार्वजनिक गर्ने गरिन्छ । तर, यहाँ उत्कृष्ट करदातापछिका अन्य करदाता कति अङ्कले पछाडि प¥यो भन्ने जानकारी दिने चलन छैन । एक करदाता कम्पनीका अधिकारी भन्छन्, ‘करसम्बन्धी पारदर्शिता भयो भने प्रतिस्पर्धी भावना आउँथ्यो होला र आफू कति नम्बरको करदाता हो भनेर पनि जानिन्थ्यो होला ।’

करदाता भन्छन्, ‘धेरै कर बुझाउने करदातालाई सम्मान होइन कि इमानदार तरीकाले जसले कर तिर्ने गर्छ, त्यो नै सम्मानको हकदार हुनुपर्छ ।’ थोरै लगानीमा सानो व्यापार व्यवसाय गरेर पनि सङ्कलित आयमा इमानदारीका साथ कर तिर्छ भने उसलाई राष्ट्रबाट सम्मान हुनुपर्ने तर्क साना करदाताहरू गर्छन् ।

राज्यलाई धेरै कर तिर्न धेरै नाफा गरेको नभई धेरै नाफा गरेको कारण राज्यलाई तिर्ने करको अंश धेरै भएको हुन्छ । इमानदारीपूर्वक वास्तविक हिसाबकिताबका आधारमा कर तिर्ने सम्मानका हकदार हुनुपर्ने तर्क उनीहरूको छ । यसैगरी, बढी राजस्व उठाएकै आधारमा कर्मचारीलाई प्रोत्साहन भत्ताभन्दा इमानदारीका साथ कानूनको अधीनमा रहेर कर सङ्कलनको कार्यमा अहोरात्र खट्नेलाई पुरस्कृत गर्नुपर्ने तर्क पनि एकथरीको छ ।

अहिले पनि करदाताहरू सरकार र कर भनेपछि ३ पाइला पछाडि सर्छन् । सरकारी झन्झटिलो प्रक्रिया र कर प्रशासकहरूको तर्साउने बोलीले कर छल्न उनीहरूलाई प्रोत्साहन गरिरहेको छ । त्यसैले, करदाताहरू जसरी भए पनि मिलाएर बुझाइदिनू भनेर बिचौलियाकहाँ पुग्छन् । त्यस कारण  करदाता शिक्षालाई तल्लो तहसम्म विस्तार गरेर कर प्रशासनमा करदाता स्वयम् उपस्थित भएर स्पष्टीकरण दिन सक्ने वातावरण बनाउन सरकार अग्रसर हुनुपर्छ ।

गतवर्षका पुरस्कृतहरू
पाँचौं राष्ट्रिय कर दिवसको अवसरमा गतवर्ष व्यक्तिगत रूपमा सबैभन्दा बढी आयकर तिर्नेमा सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबरा सम्मानित भएका थिए । त्यस्तै, सबैभन्दा बढी आयकर तिर्ने कम्पनी सूर्य नेपाल प्रालि बनेको थियो । सबैभन्दा बढी कर तिर्ने निर्यातकर्ता डाबर नेपाल र सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रूपमा युनिलिभर प्रालि सम्मानित भएका थिए । त्यस्तै, कृषि तथा पशुपक्षीतर्फ सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रूपमा ओम् चावो वीरो फिड इण्डष्ट्रिज पनि उत्कृष्ट करदाताबाट सम्मानित भएको थियो । यसैगरी, सहकारीतर्फ राष्ट्रिय सहकारी बैङ्क, लघुवित्ततर्फ छिमेक लघुवित्त विकास बैङ्क र बैङ्कतर्फ नबिल बैङ्क पनि उत्कृष्ट करदाताका रूपमा सम्मानित भएका थिए । यसैगरी, बीमातर्फ लाइफ इन्स्योरेन्स कर्पोरेशन, रेमिटेन्सतर्फ आईएमई र पर्यटनतर्फ तारागाउँ होटल लिमिडेट सम्मानित भएका थिए । सेवातर्फ सबैभन्दा बढी कर तिर्ने नेपाल टेलिकम पनि सम्मानित भएको थियो । त्यस्तै, व्यापारतर्फ सिप्रदी ट्रेडिङ पनि उत्कृष्ट करदाताबाट सम्मानित भएको थियो । ५ करोडसम्मका साना करदातामा साङ्ग्रिला इनर्जी लिमिटेड र ५ करोडदेखि ४० करोडसम्म मझौला करदाताको रूपमा सिवेक अस्पताल सम्मानित भएका थिए ।

अत्यधिक जनता करको दायराभन्दा बाहिर
नेपालमा अत्यधिक जनता करको दायराभन्दा बाहिर रहेका छन् । नेपालमा कृषि आयमा कर लाग्दैन । त्यस्तै, कर लाग्ने आय भएका सबै व्यक्तिहरू पनि करको दायरामा आइसकेका छैनन् । पान नम्बर (स्थायी लेखा नम्बर) लिएर व्यापार, व्यवसाय गर्नेहरू १७ लाखको हाराहारीमा छन् । पानमा दर्ता नभई स्रोतमै कर तिर्नेहरू लाखौंको सङ्ख्यामा छन् । हाम्रो अर्थतन्त्रको करीब ४० प्रतिशत जति भार अनौपचारिक रहेको छ । साना व्यापार गर्नेहरू करको दायराभन्दा बाहिर छन् । भ्याटमा दर्ता भएका डेढ लाखको हाराहारीमा छन् ।

समस्याहरू
बिलबिजक जारी नगरिदिने, न्यून मूल्यका बिलबिजक जारी गर्ने, नक्कली बिलबिजक बनाउनेजस्ता काममा कतिपय व्यक्तिहरू नियोजित ढङ्गले अभ्यस्त भएका छन् । यो नितान्त गलत कार्य हो । यसले सही अर्थतन्त्र बन्न सक्दैन । करदाताले जे व्यापार, व्यवसाय, पेशा गरे पनि यथार्थ हिसाबकिताब राखिदिनु आवश्यक रहेको भनाइ कर प्रशासकहरूको रहेको छ । करसँग डर नभई भर गर्नुपर्ने बुझाइ उनीहरूको छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »