अन्तरराष्ट्रिय

२०७४-०८-३ मा प्रकाशित     ६१ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

भारतमा खाने तेलको आयात महसूल बढ्यो

नयाँ दिल्ली (भारत) । भारतले खाने तेलको आयात महसूल बढाएको छ । स्वदेशमा तेलहनको घरेलु मूल्य न्यूनतम टेवा मूल्य (एमएसपी)भन्दा तल ओर्लिएपछि आयात घटाउन र कृषक तथा तेल मिललाई टेवा दिन भन्सार महसूल बढाइएको छ । सरकारले खाने तेलमा तेलको प्रकार हेरी भन्सार महसूल बढाएर ६० प्रतिशतदेखि सय प्रतिशत पुर्‍याएको छ । नयाँ दरअनुसार भटमासको कच्चा तेलमा महसूल साढे १७ प्रतिशत बढाएर ३० प्रतिशत पुर्‍याएको छ । त्यसैगरी, प्रशोधित भटमासको तेलमा भने महसूल २० प्रतिशत बढाउँदै ३० प्रतिशत पुर्‍याइएको छ । यसबाहेक कच्चा र प्रशोधित दुवै खालका पाम, सनफ्लावर र तोरीको तेलको भन्सार महसूलमा पनि उच्च वृद्धि गरिएको छ । एजेन्सी


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »