समाचार

२०७४-०८-३ मा प्रकाशित     १९१ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

मङ्सिर ३,काठमाडौं (अस) । नेपालको संविधानमा उल्लेख भए अनुसार प्रत्यक्ष तर्फको निर्वाचनमा  एक तिहाई महिलाको उम्मेदवारी नदिएको बारेमा छलफल गर्न सर्वोच्च अदालतले यही मङ्सिर १२ गते राजनीतिक दलहरुलाई बोलाएको छ ।

न्यायाधीश ओमप्रकाश मिश्रको इजलासले सो बारेमा छलफल गर्न यही मङ्सिर १३ गते बोलाएको हो । नेपालको संविधानमा उल्लेख भए अनुसार प्रत्यक्ष तर्फको निर्वाचनमा राजनीतिक दलहरुले एक तिहाई महिलाको उम्मेदवारी नदिएका दावी गर्दै शुक्रवार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको थियो ।

नेपाली काङ्ग्रेसकी पूर्वसांसद कमला थापाद्धारा दायर गरिएको रिट निवेदनमा सङ्घीय संसदमा एक तिहाई महिलाको सहभागिता हुनु पर्ने गरी राजनीतिक दलहरुले प्रत्यक्ष तर्फ उठाउनु पर्नेमा उनीहरुले संविधानको वर्खिलाप गरेका उल्लेख गरिएको थियो ।
रिट निवेदनमा संविधानको धारा ८४ बमोजिम सङ्घीय संसदमा महिलाहरु कम्तिमा पनि एक तिहाई हुने गरी राजनीतिक दलहरुले व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ ।

संविधानको धारा ८४ को उपधारा (८) मा भनिएको छ, ‘यस भागमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य सङ्ख्याको कम्तीमा एक तिहाई सदस्य महिला हुनु पर्नेछ । त्यसरी निर्वाचित गर्दा उपधारा (१) को खण्ड (क) र धारा ८६ को उपधारा (२) को खण्ड (क) बमोजिम निर्वाचित सदस्यहरु मध्ये कुनै राजनीतिक दलको एक तिहाई सदस्य महिला निर्वाचित हुन नसकेमा त्यस्तो राजनीतिक दलले उपधारा (१) को खण्ड (ख) बमोजिम सदस्य निर्वाचित गर्दा आफ्नो दलबाट सङ्घीय संसदमा निर्वाचित हुने कुल सदस्यको कम्तीमा एक तिहाई महिला सदस्य हुने गरी निर्वाचित गर्नु पर्नेछ ।’

रिट निवेदनमा पहिलो भई निर्वाचित हुने निर्वाचनमा दलहरुले कम्तिमा एक तिहाई महिलाको उम्मेदवार दिनु पर्ने र उनीहरु निर्वाचित भई संसदमा एक तिहाई पुग्न नसकेमा समानुपातिकबाट निर्वाचित गरी सो सङ्ख्या पुर्याउनु पर्ने संविधानको भावना भए पनि दलहरुले प्रत्यक्ष तर्फ एक तिहाई महिलालाई नै उम्मेदवार  नबनाई संविधानको उल्लङ्घन गरेका आरोप लगाइएको छ ।

मङ्गलवार भएको प्रारम्भिक सुनुवाईमा रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ताद्धय बालकृष्ण न्यौपाने र हीरा रेग्मीलेलगायतले राजनीतिक पार्टीहरुले संविधानमा उल्लेख भएको प्रावधानको उल्लङ्घन गरेका आरोप लगाएका थिए ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »