प्रविधि

२०७४-०८-४ मा प्रकाशित     ९८ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

अमेजनको ‘स्मार्ट लक’मा छन् यस्ता विशेषता

अनलाइन व्यापारको क्षेत्रमा महत्त्वपूर्ण सफलता हासिल गरिरहेको अमेजनले ‘स्मार्ट लक’को योजना ल्याएको छ । सामग्रीहरू घरमा डेलिभरीको क्रममा हुन सक्ने समस्या समाधानका लागि अमेजनले एक साँचोको प्रविधि विकास गरेको हो । यो प्रविधिमा क्यामेराको पनि जडान गरिएको हुन्छ । यो प्रविधिको माध्यमबाट मानिसले आफ्नो घरमा सामग्री ल्याउने मानिसलाई घरमा सामान ल्याउन रिमोटबाट अनुमति दिन सक्छन् ।

विश्वको सबैभन्दा ठूलो अनलाइन सेवा प्रदायक यस कम्पनीले गत बुधवार सार्वजनिक गरेको यो योजनामा आफ्ना साथीहरू तथा अन्य केही मानिसलाई पनि आफ्नो घरमा आउन दिन अस्थायी पासवर्डको पनि प्रयोग गर्न सकिने बताइएको छ ।

अमेजनले यो प्रविधिको विषयमा पछिल्लो १ वर्षदेखि काम गरिरहेको थियो । घरहरूमा डेलिभरीको समयमा विभिन्न किसिमका समस्या आउने गरेको कारण यो समस्याबाट पार पाउनका लागि यसले सहयोग पुर्‍याउने बताइएको छ ।

अमेजनका अधिकारीहरूले दिएको जानकारीअनुसार अमेजन कम्पनीले सामग्री डेलिभरीका लागि आएका मानिसलाई घरमा आउने अनुमति दिन क्यामेराको प्रयोग सकिनेछ । त्यसका लागि २ सय ५० अमेरिकी डलर आवश्यक पर्ने बताइएको छ ।

यो योजनाअनुसार घरमा कोही मानिस नभएको समयमा पनि अमेजनका कर्मचारी मोबाइल एपमा अनलक बटम थिचेर ढोका खोली सामग्री छाडेर जान सक्छन् । आफ्नो घरमा सामग्री कुन रूपमा आइपुग्यो भनेर हेर्न क्यामेराले सहयोग गर्ने बताइएको छ । ग्राहकहरूले रिमोटको प्रयोग गरी यो क्यामेराबाट हेर्न सक्छन् ।

यो आफ्नो पहिलो प्रयास भएका कारण यस विषयमा आगामी दिनमा कुनै समस्या आएमा त्यसको समाधानका लागि आफू तत्पर रहेको कम्पनीले बताएको छ । यद्यपि, केहीले भने यो सेवाले ग्राहकको सुरक्षा तथा सन्तुष्टिको प्रतिक्रिया पाउनेमा आशङ्का व्यक्त गरेका छन् । (एजेन्सी)


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »