प्रविधि

२०७४-०८-४ मा प्रकाशित     ३४८ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

आईफोन एक्सका उत्कृष्ट विकल्पहरू

एप्पलले आफ्नो आईफोन बजारमा आएको १० वर्षको अवसरमा आईफोन एक्स ल्याएको छ । यो स्मार्टफोनले विश्वव्यापी रूपमा राम्रो रेस्पोन्स पनि पाएको छ । अहिले विश्वका विभिन्न ५० मुलुकमा यसको प्रि–बूकिङ भइरहेको छ । केही मुलुकमा भने बूकिङ शुरू भएको केही समयमै सकिएको थियो । यद्यपि, यति धेरै पैसा तिरेर आईफोन एक्स किन्नुभन्दा केही सस्तो स्मार्टफोन खोज्ने हो भने यी फोनहरू विकल्प हुन सक्छन् :

१. ग्यालेक्सी नोट ८
सामसुङको यो स्मार्टफोन पनि केही समयअघि मात्र बजारमा आएको हो । विश्व बजारमा नै आईफोनलाई टक्कर दिनका लागि ल्याइएको यो स्मार्टफोन आईफोनको एक विकल्प हुन सक्छन् । यसको मूल्य पनि आईफोन एक्सको तुलनामा सस्तो छ । यो स्मार्टफोनमा पनि केही विशिष्ट सुविधा छन् । साथै, यो स्मार्टफोनमा एसपेन सपोर्ट पनि रहेको छ । यस पटकको उत्पादनमा सामसुङले यो सुविधा थप गरेको हो ।

यसअघिको उत्पादनको तुलनामा यसको प्रेशर सेन्सिटिभिटी पनि धेरै छ । यो फोनमा फिङ्गरप्रिण्ट सेन्सर पनि छ र मानिसको अनुहार हेरेर अनलक हुने फिचर पनि यसमा समावेश गरिएको छ । यसमा ६ जीबी र्‍याम रहेको छ भने ६४ जीबीको इण्टर्नल मेमोरी छ । १२ मेगापिक्सलको ड्युल क्यामेरा छ । त्यस्तै, ८ मेगापिक्सलको फ्रण्ट क्यामेरा छ भने ३ हजार ३ सय एएमएचको ब्याट्री प्रयोग गरिएको छ ।

२. सामसुङ ग्यालेक्सी एस ८
यो स्मार्टफोन पनि सामसुङको सन् २०१७ मै सार्वजनिक भएको स्मार्टफोन हो । यसको मूल्य नेपाली बजारमा १ लाखभन्दा कम छ । यसको कारण एउटै फोनका लागि १ लाखभन्दा बढी किन खर्च गर्ने ? भन्ने उपभोक्ताका लागि यो स्मार्टफोन उपयुक्त हुन सक्छ । यसमा एज–टु–एज कर्भ डिस्प्ले रहेको छ र यसमा कम्पनीको आफ्नो डिजिटल एसिष्टेण्ट पनि छ । ७.० को एण्ड्रोइड भर्शनको यो स्मार्टफोनमा १२ मेगापिक्सलको ड्युल पिक्सल क्यामेरा छ भने ८ मेगापिक्सलको फ्रण्ट क्यामेरा छ । ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज रहेको स्मार्टफोनमा ३ हजार एमएएचको ब्याट्री छ ।

३. गूगल पिक्सेल २
गूगलले निर्माण गरेको यो स्मार्टफोन आईफोन एक्सको एक महŒवपूर्ण प्रतिस्पर्धी उत्पादन हो । यो गूगलको ओरेओ ८.० को एण्ड्रोइड भर्शनको उत्पादनसमेत हो । यसमा ४ जीबीको र्‍याम रहेको छ भने ६४ र १२८ जीबीका दुई स्मार्टफोन छन् । यसमा २ हजार ७ सय एएमएचको ब्याट्री छ । गूगल पिक्सेल २ एक्सएलमा भने ओएलईडी डिस्प्लेका साथै ३५२० एएमएचको ब्याट्री छ ।

४. सोनी एक्सपिरिया एजे–१
सोनी कम्पनीले निर्माण गरेको स्मार्टफोन गूगलको फोनपछि ओरेओ ८.० भर्शनको एण्ड्रोइडको साथमा बजारमा आएको पहिलो स्मार्टफोन हो । यो उत्पादनको मूल्य भारतीय बजारका लागि ४५ हजार भारतीय रुपैयाँ तोकिएको छ । फुल एचडी भएको यो स्मार्टफोनमा पनि ४ जीबीको र्‍याम छ भने ६४ जीबीको स्टोरेज छ । यसमा १९ मेगापिक्सको प्राइमरी र १३ मेगापिक्सलको फ्रण्ट क्यामेरा छ भने २ हजार ७ सय एलएएचको ब्याट्रीको प्रयोग गरिएको छ ।

५. एलजी जी–६
एलजीले निर्माण गरेको यो स्मार्टफोन पनि आईफोन किन्दा बढी पैसा लाग्छ भनेर चिन्ता लिइरहेका मानिसका लागि एक विकल्प हुन सक्छ । यो फुल भिजन डिस्प्लेको साथमा आएको पहिलो स्मार्टफोन हो । अन्य उत्पादनको तुलनामा यो पनि निकै सस्तो छ । यसमा पनि समान ४ जीबी ¥याम र ६४ जीबी  स्टोरेज छ । १३ मेगापिक्सलको ड्युल ब्याक क्यामेरा रहेको फोनमा ५ मेगापिक्सलको फ्रण्ट क्यामेरा छ भने ३ हजार ३ सय एएमएचको ब्याट्री प्रयोग गरिएको छ ।

६. एचटीसी यू–११
यो स्मार्टफोनमा विश्वका सबै स्मार्टफोनमा रहेको सबैजसो फिचर्स रहने बताइएको छ । यो स्मार्टफोनको साइडमा आ सेन्सरको प्रयोग गरिने भएको छ, जसको कारण साइडबाट पनि यो स्मार्टफोनको प्रयोग गर्न सकिन्छ । ६ जीबी र्‍यामका साथ आउन लागेको स्मार्टफोनमा १ सय २८ जीबीको इण्टर्नल स्टोरेज रहनेछ । १२ मेगापिक्सल ब्याक र १६ मेगापिक्सलको फ्रण्ट क्यामेरा छ । यसमा ३ हजार एमएएचको ब्याट्रीको प्रयोग गरिएको छ ।

७. वान प्लस–५
वान प्लस–५ स्न्यापड्र्यागन ८३५ प्रोशेसरमा आएको सबैभन्दा सस्तो स्मार्टफोन हो । यो मूल्य भारतीय बजारमा ३३ हजार भारू छ । यो स्मार्टफोनमा १६ दशमलव २० मेगापिक्सलको ड्युल क्यामेरा छ भने १६ मेगापिक्सेलको फ्रण्ट क्यामेरा छ । यो स्मार्टफोन ७.१ एण्ड्रोइड भर्शनमा चल्छ र यसम ८.० ओरेओ अपग्रेट गर्ने तयारी भइरहेको छ । ६ र ८ जीबी र्‍यामका साथै ६४ र १२८ जीबी स्टोरेजका दुई विकल्प यो स्मार्टफोनमा छन् । यसमा ३ हजार ३ सय एएमएचको ब्याट्री छ ।

८. एसस जिनफोन एआर
एसस जिनफोन एआर विश्वको पहिलो स्मार्टफोन हो, जो गुगलको टेङ्गो र डेड्रिम प्रविधिको सपोर्ट गर्न सक्छ । यी दुवै प्लेटफर्ममा फोनको पछाडि रहेका तीन क्यामेराको प्रयोग हुन्छ, जसमा एक प्रमुख क्यामेरा हुन्छ भने एक मोशन क्यामेरा र एक डेप्थ क्यामेरा हुन्छ । यसमा ७.० को सफ्टवेयर छ भने ८ जीबी र्‍याम र १ सय २८ जीबी स्टोरेज छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »