अन्तरराष्ट्रिय

२०७४-०८-४ मा प्रकाशित     ३७२ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

ग्रोसरी शपमा अलिबाबाको ३ अर्ब लगानी

मङ्सि ४, पेचिङ (चीन) । चिनियाँ अनलाइन खुद्रा विक्रेता कम्पनी अलिबाबा गु्रप होल्डिङ लिमिटेडले ग्रोशरी शपमा लगानी गरेको छ । कम्पनीले चीनको सबैभन्दा ठूलो हाइपरमार्ट सञ्चालक सन आर्ट रिटेल गु्रप लिमिटेडमा २ अर्ब ८७ करोड डलर लगानी गरेको छ ।

अफलाइन खुद्रा बजारमा स्थिति विस्तारै बलियो बनाउँदै लैजाने योजना अन्तर्गत कम्पनीले सो लगानी गरेको हुन सक्ने विश्लेषण गरिएको छ । फ्रान्सेली रिटेल समूह आउचान रिटेल एसए र ताइवाना व्यापारीक घराना रिउन्टेक्स गु्रपसँगको सहकार्यको हिस्सा अन्तर्गत अलिबाबाले रिउन्टेक्सको हिस्सा किन्ने र आउचान रिटेलले आप्mनो हिस्सा बढाउने संयुक्त विज्ञप्तिमा तीन ओटै कम्पनीहरुले बताएका छन् ।

आउचान रिटेल सन आर्ट रिटेल गु्रपको सहायक कम्पनी हो । यस त्री–पक्षीय सहकार्यले चीनको ५ खर्ब डलर बराबरको खाद्य खुद्रा क्षेत्रलाई लक्षित गर्नेछ । अलिबाबाले पनि अहिले कुल खुद्रा बजारको करीब ८५ प्रतिशत हिस्सा ओगट्ने अफनाइन खुद्रा बजारमा आप्mनो उपस्थिति बलियो बनाउनमा डिजिटल अर्थतन्त्रमा भएको तथ्याङ्कमा आधारित प्रविधि र व्यक्ति विशेष सेवाको प्रयोग गर्ने बताइएको छ ।

पछिल्लो लगानीसँगै सन आर्टमा आउचान अलिबाबा र रिउन्टेक्सको हिस्सा क्रमशः ३६ दशमलव १८ प्रतिशत, ३६ दशमलव १६ प्रतिशत र ४ दशमलव ६७ प्रतिशत रहेको छ । सन् २०१५ यता परम्परागत बजारमा अलिबाबाले ९ अर्ब ३० करोड डलर लगानी गरिसकेको छ ।

यसले ग्रोसरी र कफी स्टोरलगायतका धेरै कर्मचारी नचाहिने पसल शुरु गरिसकेको छ । चीनको ग्रोसरी स्टोरमा ८ दशमलव २ प्रतिशत हिस्सासहित सन आर्ट सबैभन्दा अगाडि रहेको स्पेनी सूचना प्रदायक कम्पनी कन्टर वल्र्डप्यानलको तथ्याङ्कले देखाएको छ । एजेन्सी


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »