लगानी

२०७४-०८-४ मा प्रकाशित     २०१ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

गणपुरक सङ्ख्या नपुगेका कारण मेगाको विशेष साधारण सभा भने स्थगित

मर्जरको प्रस्तावसहित टुरिजमको ७ औं वार्षिक साधारण सभा सम्पन्न

मङ्सिर ४, काठमाडौं (अस) । मेगा बैङ्क नेपालसँग मर्जरमा जाने प्रस्तावलाई अन्तिम रूप दिदै टुरिजम डेभलपमेण्ट बैङ्कको सातौं वार्षिक साधारण सभा सोमवार सम्पन्न भएको छ । कार्की बैङ्क्वेट, बबरमहल, काठमाडांैमा सम्पन्न सभाले मर्जर प्रयोजनका लागि टुरिजमको सय कित्ता शेयर बराबर मेगाको ९५ कित्ता आदानप्रदान अनुपात पारित गरी मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । उक्त सभाले मर्जर सम्बन्धी आवाश्यक सम्पूर्ण जिम्वेवारी पूरा गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ । साथै, सम्पन्न सभाले आव ०७२/७३ को नाफाको आधारमा रू. १७ करोड १० लाख ७७ हजार ५ सय बराबरको बोनस शेयर वितरण गर्ने प्रस्तावलाई समेत पारित गरेको छ ।

मातृभुमि विकास बैङ्क र कालिञ्चोक डेभलपमेण्ट बैङ्कलाई प्राप्ति गरी गत पुस २३ गतेदेखि संयुक्त कारोबार गर्दै आएको यस कम्पनीले राष्ट्र बैङ्कको निर्देशनमा रू. २ अर्ब ५० करोड चुक्तापूँजी पुर्याउनुपर्ने बाध्यात्मक अवस्थामा मेगासँग मर्जरमा जाने निर्णय गरेको जानकारी अध्यक्ष पुष्प राज कँडेलले सभालाई सम्बोधन गर्ने क्रममा जानकारी गराएका छन् । पूँजी वृद्धिका लागि प्राप्ति र मर्जरको प्रकृयाले अघिल्लो आवको वित्तीय विवरण पारितका लागि ढिलो गरी साधारण सभा आयोजना गर्नुपरेको कँडेलको भनाई रहेको छ । मेगासँगको मर्जरपश्चात नेपालका वाणिज्य बैङ्कहरुमध्ये धेरै पूँजी हुने बैङ्कको रुपमा पाँचौ नं. भित्र रहने बैङ्कको विश्वास रहेको छ ।

आव ०७२/७३ मा यस बैङ्कले रू. १९ करोड ८ लाख ५३ हजार नाफा आर्जन गरेको थियो । गत वर्षको चौंथौ त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार रू. २ अर्ब २३ लाख ६८ हजार चुक्तापूँजी रहेको यस कम्पनीले सो समयमा रू. ३१ करोड ९१ लाख २९ हजार नाफा आर्जन गरेको छ ।

उता, टुरिजमलाई प्राप्ति गर्ने प्रस्ताव पारितका लागि सोमवारनै बोलाइएको मेगाको विशेष साधारण सभा भने गणपुरक सङ्ख्या नपुगेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएकोे छ । बैङ्कले चाडै सञ्चालक समितिबाट निर्णय गरी साधारण सभा बोलाउने जानकारी गराएको हो ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »