बजार

२०७४-०८-४ मा प्रकाशित     २६० पटक पढिएको    ० बिचार / प्रतिक्रिया

हस्तकला मेलाको चौंथो दिन : ३८ हजारले गरे अवलोकन

मङ्सिर ४, काठमाडौं । शुक्रवारबाट भृकुटीमण्डपमा जारी हस्तकला मेलाको चौंथो दिन सोमवार ३८ हजारले अवलोकन गरेका छन् । मेलामा सोमवार १ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल हस्तकला महासङ्घका उपाध्यक्ष प्रचण्ड शाक्यले जानकारी दिए । 

१० ओटा प्याभिलियनसहित १ सय ८० ओटा स्टल रहेको मेलामा बङ्गलादेश, भुटान, पाकिस्तान र चीनका व्यवसायीकोसमेत सहभागिता छ । विभिन्न जातजाती तथा समुदायमा विद्यमान हस्तकला तथा सँस्कृतिबीच रहेको अन्योन्याश्रित सम्वन्धलाई प्रस्फुटित गर्ने उद्देश्यले महासङ्घद्वारा एउटा भिन्नै प्रस्तुतिको रुपमा अमूर्त साँस्कृतिक सम्पदाको प्रदर्शन पनि गरेको छ । 

१५औं हस्तकला व्यापार मेलामा महासङ्घका जिल्ला हस्तकला सङ्घ, वस्तुगत सङ्घ, ती सङ्घमा आबद्ध सदस्य उद्यमी, नेपाल सरकारको गरिबी निवारण कोषका साथै काठमाडौंसहित करीब २५ जिल्लाबाट सहभागिता रहेको छ । वाणिज्य मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा वार्षिक क्यालेण्डर इभेण्टको रूपमा प्रत्येक वर्ष महासङ्घले व्यापार मेला आयोजना गर्दै आएको छ ।  

नेपालको निर्यात व्यापार तथा आन्तरिक बजारमा हस्तकला क्षेत्रको निकै महŒवपूर्ण स्थान छ । तर, पछिल्लो समय हस्तकलाको उत्पादनमा प्रयोग भएका मेशिन तथा प्रविधि, कलाकार, कालिगढलगायतको अभाव भइरहँदा हस्तकलाको क्षेत्रले धेरै समस्या भोग्नुपरेको सरोकारवाला बताउँछन् । यस कारण हरेक वर्ष व्यापार मेला आयोजना गरी यस क्षेत्रको प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्य राखिएको महासङ्घले बताएको छ । 

पाँच दिनसम्म सञ्चालन हुने यस मेलामा काष्ठकला, धातुकला, सुनचाँदी, फेल्ट, ऊनी, सुती, ढाका, पश्मिना, हाते कागज, छाला, प्राकृतिक रेसा र बाँसका सामानका साथै जडीबुटी, अर्थोडक्स चिया आदि प्रदर्शनी तथा विक्रीका लागि राखिएका छन् । 

 

 

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »