समाचार

२०७४-०८-४ मा प्रकाशित     १३७ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

कुखुराको सुलीबाट पनि विजुली !

मङ्सिर ४, काठमाडौं (अस) । टर्की, कुखुरा तथा अन्य पोल्ट्री चराको सुलीलाई विजुली उत्पानका लागि इन्धनको रुपमा प्रयोग गर्न सकिने एक नयाँ अध्ययनले देखाएको छ । यस किसिमको अभ्यासले हरित गृह ग्यासको उत्सर्जन घटाउनुका साथै वैकल्पिक ऊर्जा स्रोत प्रदान गर्ने ऊर्जा इन्जिनीयरिङसम्बन्धी अनुसन्धानहरु प्रकाशित गर्ने जर्नल एप्लाइड इनर्जीको पछिल्लो संस्करणमा प्रकाशित अध्ययनले यस्तो देखाएको हो । 

यस्ता पोल्ट्रीबाट निस्केको सुलीलाई आगो समात्न सक्ने तरल बायोमासमा परिवर्तन गरेर विजुली उत्पादनमा प्रयोग गर्न सकिन्छ ।  यसरी तयार पारिएको बायोमासले विजुली उत्पादनमा प्रयोग हुने १० प्रतिशत कोइला इन्धनलाई विस्थापित गर्न सक्ने अध्ययनले देखाएको छ । विश्वमा भएको कुल नवीकरणीय उर्जा उत्पादन, उर्जा उत्पादनबाट बोझिलो भएको जमीनमा फलाइएको बाली, पानी तथा मलखादका स्रोतहरुको को ७३ प्रतिशत हिस्सा बायोमासले ओगटेको छ । वातावरणीय दृष्टिले हेर्ने हो भने कुखुराको सुलीलाई सुरक्षित ढङ्गले तह लगाउनु धेरै नै महत्वपूर्ण विषय बनेको इजरायलस्थित बेन गुरियन यूनिभर्सिटि अफ नेगेभ (बीजीयू) का अनुसन्धानकर्ताहरुले बताएका छन् । 

‘कुखुराको सुलीलाई तरल इन्धन, थोरै स्रोत साधन गहन र नवीबरणीय उर्जा स्रोतमा परिवर्तन गर्नु एक उत्कृष्ट विकल्प मात्र नभइ यसले जैविक इन्धनमाथिको निर्भरता घटाउन समेत सहयोग गर्छ,’ अध्ययनकर्ताले भनेका छन् । उनीहरुले बायोमासलाई अक्सिजनमा साढे ४ सय डिग्रि सेल्सियसमा विस्तारै तताएर उत्पादित बायोचारको दहन र ग्यास उत्सर्जनको स्थितीलाई अध्ययन गरे ।

त्यस्तै हाइड्रोचार चाहिँ चिसो बायोमासलाई साढे २ सय डिग्री सेल्सियससम्म तताएर तयार गरिन्छ । हाइड्रोचारका रुपमा प्रशोधन गरिएको सुलीले २४ प्रतिशत बढी खुद उर्जा उत्पादन ग¥यो । यस्तो हाइड्रोचारले उच्च तापक्रममा कोइलाले जस्तै गरी तातोपन उत्पादन गर्न सक्ने अध्ययनमा पाइयो । यसैकारण पनि यसले कोइलालाई नवीकरणीय उर्जाका रुपमा विस्थापित गर्न सक्ने बीजीयूका अमित ग्रोसले बताएका छन् । रासस\पीटीआई


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »