बजार

२०७४-०८-२२ मा प्रकाशित     १२६८ पटक पढिएको    १ बिचार / प्रतिक्रिया

सडक निर्माणले अन्नपूर्ण पदयात्रा छोटियो

नयाँ पदमार्ग खोज्दै पर्यटन व्यवसायी

 

Rich Text Editor, ArticleContent

 

कास्की । अन्नपूर्ण चक्रीय क्षेत्रमा जथाभावी कच्ची सडक निर्माणले अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रा छोटिँदै गएको छ । कास्कीसहित म्याग्दी, मुस्ताङ, लमजुङ र मनाङलगायतका अन्नपूर्ण संरक्षण क्षेत्रका प्राकृतिक तथा पर्यटकीयस्थल घुम्न महीना दिन लाग्ने पदयात्रा मोटर बाटोका कारण छोटिएपछि सरोकारवाला पर्यटन व्यवसायीहरू नयाँ पदमार्गको खोजीमा जुटेका हुन् ।

नयाँ पर्यटकीय गन्तव्यको रूपमा पोखराका पर्यटन व्यवसायीले फेवाफेरो (राउण्ड फेवा) पदमार्ग सञ्चालनमा ल्याउने तयारी गरेका छन् भने लमजुङ र मनाङमा होटल व्यवसायी समितिको अगुवाइमा वैकल्पिक पदमार्गको निर्माण अगाडि बढाएका छन् ।

लमजुङ र मनाङका व्यवसायीको अगुवाइमा बेंसी शहरबाट खुदीसम्म निर्माण गरिएको नयाँ वैकल्पिक पदमार्ग सञ्चालनमा आएको वैकल्पिक पदमार्ग निर्माण समितिका सचिव पूर्णबहादुर गुरुङले बताए । ‘अन्नपूर्ण पदमार्गमा मोटरबाटो निर्माणका कारण अवधि छोटिँदै जानु र सवारीकै कारण ‘पदयात्रामा विभिन्न समस्या आउन थालेपछि नयाँ विकल्प खोजेका हौ’ उनले भने । ‘छोटिँदो पदमार्ग र सवारी समस्याका कारण गतवर्षको तुलनामा पर्यटकको सङ्ख्या बढ्न सकेको छैन ।’ ‘विगतको तुलनामा पर्यटक घट्दै गएपछि थप आकर्षित गर्न नयाँ मार्गको खोजी गरिएको हो’ गुरुङले भने ।

अन्नपूर्ण चक्रीय क्षेत्र लमजुङ, मनाङ, कास्की, म्याग्दी र मुस्ताङ जिल्लाको उत्तरतर्फको क्षेत्रमा पर्दछ । पूर्वमा लमजुङदेखि पश्चिममा मुस्ताङसम्म अन्नपूर्ण पदयात्रा पर्दछ । पर्यटकका लागि यो क्षेत्रको भ्रमण गर्न करीब १ महीनाको अवधि लाग्ने गर्छ ।

कास्की पर्यटन व्यवसायीहरूले पनि पर्यटकको भ्रमण अवधि बढाउन फेवाफेरो पदमार्ग सञ्चालनमा ल्याउन लागेको बताएका छन् । विश्वकै उत्कृष्टमध्येमा पर्ने पदमार्ग अन्नपूर्ण बेसक्याम्प, माछापुच्छ्रे मोडल ट्रेक, मर्दी हिमाल मोडल ट्रेक, पुलहिललगायतका पदमार्गहरूमा कच्ची सडक निर्माणले पदमार्गको दूरी छोटिएपछि व्यवसायीहरूले नयाँ पदमार्गको खोजी गरेका हुन् ।

ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घ पोखराका अध्यक्ष दीपकराज अधिकारीले पर्यटकको बसाइ अवधि लम्ब्याउन पोखराआसपासका क्षेत्रमा नयाँ ट्रेकिङ रूटको खोजी शुरू भएको बताए ।

पोखराको ड्याम साइडबाट शुरू हुने उक्त पदमार्ग विश्व शान्ति स्तुप, कालाभाङ घडेरी होमस्टे हुँदै पञ्चासे, कास्कीकोट सराङकोट क्षेत्रलाई समेट्दै करीब ६ दिनको नयाँ पदमार्ग सञ्चालनमा ल्याउने अन्तिम तयारी भएको अधिकारीले बताए । ‘हामीहरूले पर्यटकको बसाइ अवधिलाई थप उत्साहप्रद बनाउन माछापुच्छ्रे मोडेल ट्रेक, इकोसेन्सुरी ट्रेक, पर्वत इको ट्रेक र कपुचे ट्रेक (सिक्लेस)लाई नयाँ गन्तव्यको रूपमा आगाडि बढाएका छौ’ उनले भने । ‘अब, तत्कालै नयाँ ट्र्याक सञ्चालनमा ल्याएर पर्यटकको बसाइ अवधि बढाउनेछौ ।’

ग्रामीण पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ पदमार्गको खोजी गरिएकाले अधिकांश पदमार्गमा होमस्टेहरू सञ्चालन भएका छन् । होमस्टे सञ्चालकहरूलाई थप तालीम, ट्रेकिङ रूटमा नक्साङ्कनसहितका साइन बोर्डहरू राख्नेलगायतका तयारी अगाडि बढेको अधिकारीले बताए ।


#  
Hem Raj Bastola लेख्नुहुन्छ

This is an important step forward in terms of extending the length of stay for the trekkers around the Annapurna. Hope new optional routes and alternative routes will attract the tourists also. In my understanding if TAAN pokhara chapter could include or involve some guides also while exploring new walking trails that would be beneficial for the related and concerned persons who has to go on the field regularly would be benwficial. Thanking you Hem https://www.tourhq.com/guide/np90575/hem-raj-bastola

http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »