पाठक विचार

२०७३-११-९ मा प्रकाशित     ८४६ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

अहिले बैङ्किङ प्रणालीमा विद्यमान ‘तरलता सङ्कट’ भनिने समस्यालाई विभिन्न तरीकाले व्याख्या गरिँदै आएको छ । ती सबै विश्लेषणको निचोड के हो भने यो समस्या घरेलु निक्षेप वृद्धिमा योगदान दिने तीनओटा मुख्य स्रोतका कारण देखिएको हो । ती हुन् : शोधनान्तर बचत, सरकारी खर्च र आन्तरिक पूँजी निर्माण ।

१) शोधनान्तर बचत :
चालू आर्थिक वर्षको पहिलो ६ महीनाको शोधानान्तर बचत वा भुक्तानी सन्तुलत (बीओपी) बचत रू. ४५ अर्ब २ करोड रहेको राष्ट्र बैङ्कले बताएको छ । गत आवको सोही अवधिमा भने यस्तो बचत रू. १ खर्ब ३९ अर्ब ७५ करोड रहेको थियो । देशबाट विदेशी मुद्राको बाह्य प्रवाहको तुलनामा देशभित्र आउने आप्रवाह धेरै भएको स्थितिलाई भुक्तानी सन्तुलनमा बचत अथवा शोधानान्तर बचत भनिन्छ । यस्तो आप्रवाह र प्रवाहका विभिन्न स्रोत छन् । यसको मुख्य स्रोतचाहिँ विदेश व्यापार (निर्यात र आयात), विप्रेषण, वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई), विदेशी अनुदान, सेवाबापतको भुक्तानी, वैदेशिक कर्जा र कर्जा भुक्तानी आदि हुन् । शोधनान्तर बचतको प्रत्येक डलर अन्ततः घरेलु मुद्रामा परिवर्तित हुन्छ । यस्तो मुद्रा घरेलु वित्तीय क्षेत्रमा प्रवाहित हुन्छ जहाँ यो निक्षेपका रूपमा रहन्छ  । माथि उल्लेख गरिएको बीओपी तथ्याङ्कबाट के आकलन गर्न सकिन्छ भने बीओपी बचतमा आएको कमीका कारण करीब ९४ अर्ब रुपैयाँबराबरको रकम घरेलु वित्तीय प्रणालीबाट बाहिरिएको छ ।

२) सरकारी खर्च/व्यय :
घरेलु निक्षेपको अर्को प्रमुख स्रोत सरकारी खर्च पनि हो । हालैका तथ्याङ्कहरूले के देखाएका छन् भने चालू आवको पहिलो ६ महीनामा सरकारले राजस्वबापत रू. २ खर्ब ७७ अर्ब ५७ करोड सङ्कलन गरेको छ । सोही अवधिमा सरकारले रू. २ खर्ब ४८ अर्ब २० करोड खर्च गरेको छ । यसको अर्थ के हो भने सो अवधिमा सरकारले वित्तीय प्रणालीबाट रू. २९ अर्ब ३७ करोड रकम सोसेर घटाएको छ ।

३) आन्तरिक पूँजी निर्माण :
आन्तरिक पूँजी निर्माण पनि घरेलु निक्षेप वृद्धिमा महŒवपूर्ण तŒव हो । नेपालमा भने कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को निकै सानो अंश मात्रै आन्तरिक पूँजी निर्माणमा गइरहेको छ । यसको अर्थ नेपाली अर्थतन्त्रमा उपभोगको अंश निकै धेरै छ भन्ने हो । वर्षौंदेखि विकास क्षेत्रमा सरकारी लगानीको कमी र निजीक्षेत्रबाट भएका अधिकांश लगानी पनि उपभोगमा आधारित व्यवसायमा मात्रै भएकाले यस्तो स्थिति उत्पन्न भएको हो ।
सरकारी तथ्याङ्क केलाउने हो भने १ वर्षमा शोधनान्तर बचत र सरकारको बचतमा वृद्धिका रूपमा घरेलु वित्तीय प्रणालीबाट करीब १ खर्ब ३० अर्ब रुपैयाँ बाहिरिएको देखिन्छ । यो रकम वित्तीय प्रणालीमा रहेको कुल निक्षेपको करीब साढे ६ प्रतिशतबराबर हो । यति छोटो अवधिमा नै यति ठूलो रकम बाहिरिँदा वित्तीय प्रणालीमा तरलता पर्याप्त हुने कुरै हुँदैन । आन्तरिक रूपमा पूँजी थपेर मात्रै कर्जा वृृद्धिलाई वाञ्छित स्तरमा पुर्‍याउन सकिँदैन ।

यी तथ्यलाई दृष्टिगत गर्दा के देखिन्छ भने हाम्रो काम गर्ने तौरतरीका नै नबदल्ने हो भने नेपाली अर्थतन्त्रले वार्षिक २० प्रतिशत वा सो भन्दा बढीको कर्जा वृद्धिलाई थेग्न सक्दैन । यद्यपि, वार्षिक साढे ६ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्ने सरकारी लक्ष्य पूरा गर्न २० प्रतिशतभन्दा बढी कर्जा वृद्धि हुनुपर्ने बताइन्छ । तसर्थ तरलता–अभावको पछिल्लो स्थितिबारे नीतिनिर्माताले पनि गम्भीर रूपमा सोचेर निक्षेप प्रवाह बढाउन उचित कदम चाल्नु पर्छ । नेपाली अर्थतन्त्र सानो छ । तसर्थ सरकारको भूमिका निकै महत्त्वपूर्ण छ । सरकारले वित्तीय प्रणालीमा थप रकम प्रवाह गर्नेबारे तत्कालै कुनै कदम नचाल्ने हो भने आगामी दिनमा थप समस्या देखापर्न सक्छ । तर, सबैभन्दा अचम्म त के छ भने यस्तो गम्भीर अवस्थामा समेत सरकारले राष्ट्रिय बचत जारी गरेको छ । सरकारको यस्तो कदम पूर्णतः अवाञ्छित हो र यसले वित्तीय क्षेत्रमा थप अव्यवस्था सृजना गर्नेछ ।

विकास सापकोटा
दमौली


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »