रोजगारी

२०७३-११-१९ मा प्रकाशित     २५६२ पटक पढिएको    १ बिचार / प्रतिक्रिया

काठमाडौं । नेपाल सरकार र इजरायल सरकारबीचको सम्झौताअनुसार इजरायलबाट ६० जना केयर गिभरको माग भएपछि सोका लागि आवेदन खुला गरिएको छ । वैदेशिक रोजगार विभागका अनुसार आगामी चैत ९ गतेसम्म आवेदन गर्नेमध्ये ४८ जना महिला र १२ जना पुरुष इजरायल जान पाउनेछन् । आगामी चैत ९ गतेसम्म वैदेशिक रोजगार विभागको बुद्धनगर शाखामा इच्छुकले आवेदन गर्न सक्ने बताइएको छ ।

२५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, उचाइ कम्तीमा ५ फिट, तौल कम्तीमा ४५ केजी र कम्तीमा एसएलसी पास भएकाले इजरायली रोजगारीका लागि आवेदन दिन सक्ने बताइएको छ । यसैगरी वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट मान्यताप्राप्त संस्थाबाट कम्तीमा ३ महीनाको केयर गिभर तालीम वा प्राक्टिकल नर्सिङ सफलतापूर्वक पूरा गरेको प्रमाणपत्र भएको हुनुपर्ने पनि बताइएको छ । यसअघि इजरायल पुगेकाले भने आवेदन दिन नपाउने विभागले उल्लेख गरेको छ । आवेदकले इण्टरमिडियट लेभलको अङ्ग्रेजी भाषाको ज्ञान गरेको हुनुपर्ने र पूर्णरूपमा स्वस्थ भएको हुनुपर्ने प्रावधान पनि छ ।

आवेदकले निवेदन दिँदा प्रहरी प्रतिवेदन, नागरिकता तथा राहदानीको फोटोकपी, २ पीपी साइज फोटो, शैक्षिक योग्यताको प्रमाणपत्र, तालीमका प्रमाणपत्र पेश गर्नुपर्ने बताइएको छ । केयर गिभरको अन्तिम छनोट भने वैदेशिक रोजगार विभाग र इजरायलस्थित पीआईबीएले गर्नेछ । छनोट भएका आवेदकले इजरायल पुगेपछि विद्यमान कानूनको परिधिभित्र रही वृद्ध, अपाङ्ग तथा अशक्त (रोजगारदाता)को स्याहार, सम्भार र रेखदेख गर्नुपर्नेछ ।

कल्याणकारी कोष, बीमा, स्वास्थ्य परीक्षण तथा हवाई टिकटको सबै खर्च कामदारले नै बेहोर्नुपर्ने बताइएको छ । नेपाली महिलाका लागि रोजगारमैत्री र सुरक्षित मानिएको इजरायल कोरियाजस्तै आकर्षक रोजगार गन्तव्य बन्दै गएको छ । नेपाल र इजरायल सरकारबीच ‘केयर गिभर’का रूपमा नेपाली कामदार छनोट गरी लैजाने सम्बन्धमा सम्झौता भएपछिलगत्तै कामदार माग गरिएको छ । २ देशबीच गत साउनमा भएको द्विपक्षीय सम्झौतामा ३ सय नेपाली कामदार केयर गिभरका रूपमा छनोट गरिने बताए पनि हाल ६० जनामात्र जाने निश्चित भएको छ ।

कोरियाले १० हजार जना लैजाने
कोरिया सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत सन् २०१८ का लागि लगभग १० हजार नेपाली कामदार लैजाने भएको छ । आगामी जेठ महीनामा सञ्चालन हुने ईपीएस परीक्षामा सामेल भई उत्तीर्ण हुनेमध्ये छनोट गरी कोरिया लगिने बताइएको छ । यसका लागि वैदेशिक रोजगार विभाग ईपीएस शाखाले चैतमा परीक्षा आवेदन र जेठमा परीक्षा सञ्चालनका लागि कोरियाको मानव संशाधन बोर्डलाई गरेको प्रस्तावले स्वीकृति पाइसकेको छ ।

ईपीएस शाखाका अधिकृत शोभाकर भण्डारीका अनुसार परीक्षाको आवेदन चैत ९ देखि १८ गतेसम्म सङ्कलन र परीक्षा जेठ २७ र २८ गते सञ्चालन गरिनेछ ।  यस वर्षको परीक्षा आवेदन अनलाइन प्रणालीबाट लिइने बताइएको छ ।

कोरियाले यो बर्षका लागि उत्पादनमूलक क्षेत्रमा ३ हजार ८ सय र कृषि क्षेत्रका लागि ६ हजार नेपालीलाई पास गराउने योजना बनाएको छ । सन् २०१७ मा परीक्षा दिएकामध्ये उत्कृष्ट १० हजार नेपाली रोजगारीका लागि कोरिया जान पाउनेछन् ।


#  
Durga Bahadur Thapa लेख्नुहुन्छ

I am 45 years old can i apply to korea sir?

http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »