यातायात

२०७३-११-२४ मा प्रकाशित     ६८३ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

 बस चालकका लागि सुरक्षा उपाय

बस चलाउँदा आफू र यात्रामा सँगै रहेका अन्य यात्रुको सुरक्षा जिम्मेवारी चालकको काँधमा हुने गर्छ । सानोभन्दा सानो गल्तीले पनि ठूलै दुर्घटना हुन सक्छ । त्यसैले, चालकले आफूसहित अन्यको सुरक्षाका लागि ध्यान दिनुपर्ने केही उपाय यहाँ दिइएको छ :

निद्रा नपुगेको अवस्थामा गाडी नचलाउने
पर्याप्त निद्राको अभावमा थकानको अनुभव हुन्छ । साथै, यस्तो अवस्थामा चालकले लिनुपर्ने पूर्ण सावधानी र चनाखोपनमा समेत ह्रास आउँछ । झन् लामो रूटका चालकले हरेक क्षण सतर्क हुनुपर्छ । निर्णय गर्दा सानो भूलले पनि ठूलै क्षति हुन सक्छ । स्फूर्त अवस्थामा समेत गाह्रो मानिने सवारी सञ्चालन यस्तो अवस्थामा निद्रा पूरा नभए जोखीम अत्यन्त बढी हुन्छ । त्यसैले, हरेक जिम्मेवार चालकले थकान वा निद्रा अपुग रहेको अवस्थामा गाडी चलाउनु हुन्न ।

गैरजिम्मेवार तरीकाले सवारी चलाएको पाइएमा रिपोर्ट गर्ने
ट्राफिक नियमको उल्लङ्घन गर्ने र गैरजिम्मेवार तरीकाले गाडी हाँक्ने चालकका बारेमा रिपोर्ट गर्नु अन्य चालक तथा नागरिकको कर्तव्य हो । गाडीमा रहेका, पैदल यात्रु तथा अन्य चालकका लागि समेत यसको खतरा रहन्छ । कसैले यस्तो गरेको पाइएमा ट्राफिक तथा प्रहरीमा खबर गर्नु आवश्यक छ ।

अन्य सवारीसँग निश्चित दूरी राख्ने
दुई गाडीबीच पर्याप्त दूरी बनाएर चलाउनुपर्छ । यसले आफ्नो अगाडिको गाडीले अचानक ब्रेक लगाएमा वा आफूलाई स्थान चाहिएमा पर्याप्त सुरक्षित स्थान बनाउन मद्दत पुग्छ । यसो गर्दा ठोकिएर हुने दुर्घटनाबाट जोगिन सकिन्छ । पानी परेको वा वर्षाको मौसममा यो नियम अपनाउन झन् बढी आवश्यक छ ।

ऐनाको प्रयोग गर्ने
गाडी चलाउनुपूर्व आफ्नो गाडीको ऐना ठीक अवस्थामा रहेकोमा निश्चिन्त हुनुपर्छ । गाडीवरिपरि तथा पछाडिको दृश्य स्पष्ट देखिनेगरी ऐनाहरू मिलाउनुपर्छ ।

लेन परिवर्तन गर्दा हतार नगर्ने
हरेकपटक लेन परिवर्तन गर्दा चालकले जोखीम लिएको हुन्छ । सिग्नल दिएलगतै लेन परिवर्तन गरिहाल्नु हुँदैन । मोड छुटिहालेमा अर्को मोडसम्म पुगेर मात्र मोड्नका लागि आवश्यक संयमता अपनाउनु होस् । आफूले मोड्नुपूर्व अन्य चालकलाई सोको सङ्केत दिनुहोस् ।

गाडी ब्याक गर्दा सावधान हुने  
गाडी ब्याक गर्दा सहचालक वा सहयोगी नदेखिएमा ब्याक नगर्नु राम्रो हुन्छ । सहचालक र दिइएको इशारा राम्ररी बुझेपछि मात्र ब्याक गर्ने बानी बसाल्नुपर्छ ।

टायर वरपर तरल पदार्थ चुहिएमा गाडी नचलाउने
टायर वरपर तरल पदार्थ चुहिएमा ब्रेक क्यापिलरी बिग्रिएको सङ्केत हुन सक्छ । यो बिग्रिएमा ब्रेक लगाउने क्षमतामा ह्रास आउने हुँदा दुर्घटनाको जोखीम रहन्छ ।

साना बच्चा बोक्दा थप चनाखो हुने
बाल बालिकाहरू स्वभावले नै चकचके हुने गर्छन् । साना बालबालिकले यात्रा गर्ने गाडीहरू, जस्तै– स्कुल बस, भ्यानहरू चलाउँदा अतिरिक्त सावधानी अपनाउनुपर्छ । गाडीको झ्याल सकेसम्म बन्द राख्नुपर्छ । बालबालिकाहरूले नजानेर झ्यालबाट आफ्नो टाउको निकाल्न सक्छन् । यसो गर्दा दुर्घटना हुने सम्भावना रहन्छ । त्यसैले, तिनलाई यसो गर्नुबाट रोक्नुपर्छ ।

यात्रु झर्नेबित्तिकै गाडी अघि नबढाउने
यात्रुले गाडीमा आफ्ना सामान भुलेका हुन सक्छन् । तिनलाई लिन, ओर्लेका यात्रु पुनः गाडीमा प्रवेश गर्ने सम्भावना रहन्छ । त्यसैले, यात्रु ओर्लनेबित्तिकै गाडीलाई गति दिनु राम्रो होइन । यसो गर्दा दुर्घटना हुन सक्छ ।

आफ्नो रिस यात्रुमाथि नपोख्ने
आफ्नो व्यक्तिगत रिस वा समस्याका कारण गाडी उच्च गतिमा हाँक्ने चालक पनि धेरै हुन्छन् । यसले चालकलगायत अन्यलाई दुर्घटनाको भागी बनाउने गर्छ । त्यसैले, यस्तो अवस्था रहँदा सकेसम्म गाडी नचलाउनु राम्रो हुन्छ । आफ्नो व्यक्तिगत समस्या र व्यावसायिक जीवनको मेल कहिल्यै गराउनु हुँदैन ।

आफ्नो सिटमा अतिरिक्त यात्रु नराख्ने
चालकको ध्यान गाडी र सडकमा केन्द्रित हुनु आवश्यक छ । चालकसँग गफ गर्दा वा सँगै यात्रा गर्दा तिनको ध्यान अन्यत्र जान सक्छ । चालकको सिट नजिक यात्रु राख्नु हुन्न । यात्रुले पनि सकेसम्म यात्रुका लागि निर्धारित सिटको मात्र प्रयोग गर्नु आवश्यक छ ।

अवस्थाअनुसार नाइँ वा हुन्न भन्ने
वनभोज वा अन्य किसिमका यात्रामा सामान बोक्न गाह्रोका कारण यात्रुले अतिरिक्त दुरी पार गर्न आग्रह गर्न सक्छन् । कठिन बाटो वा आफुले चलाउन नजानेको र जान नसकिने बाटोमा नाइँ वा हुन्न भन्न डराउनु हुन्न । यसो गरी तपाईं यात्रुको तथा आफ्नो सवारीलाई दुर्घटना हुनबाट जोगाउन सक्नुहुन्छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »