अन्तरराष्ट्रिय

२०७३-११-२५ मा प्रकाशित     ९१९ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

भ्रष्टाचारमा भारत एशिया–प्रशान्तमा सबैभन्दा अगाडि

फागुन २४, बर्लिन (जर्मनी) । भारतको भ्रष्टाचार दर एशिया प्रशान्त क्षेत्रमै सबैभन्दा उच्च रहेको एक सर्वेक्षणले देखाएको छ । भ्रष्टाचारविरोधी अन्तरराष्ट्रिय सङ्गठन ‘ट्रान्सपरेन्सी इण्टरनेशनल’ले गरेको एक सर्वेक्षणले यस्तो देखाएको हो । अहिले दुईतिहाइभन्दा बढी भारतीयले सार्वजनिक सेवाका लागि ‘चिया खर्च’ वा यस्तै विभिन्न नाममा घूस तिरिरहेका छन् । सर्वेक्षणअनुसार ६९ प्रतिशत भारतीयले घूस तिर्नुपरेको अभिव्यक्ति दिएका छन् । यो एशिया–प्रशान्त क्षेत्रमा नै सबैभन्दा उच्च हो ।

यस क्षेत्रमा दोस्रो धेरै भ्रष्टाचारको गुनासो भियतनाममा पाइएको छ । सर्वेक्षणमा संलग्न ६५ प्रतिशत भियतनामी उत्तरदाताले सार्वजनिक कामका लागि घूस तिर्नुपरेको बताएका छन् । उता, चीन र पाकिस्तानमा भने यस्तो बताउनेको सङ्ख्या क्रमशः २६ प्रतिशत र ४० प्रतिशत रहेको छ । उता, जापानमा भने सबैभन्दा थोरै अर्थात् शून्य दशमलव २ प्रतिशत घूसखोरी छ । त्यस्तैगरी, दक्षिण कोरियामा ३ प्रतिशत मात्रै घूसखोरी पाइएको छ ।

घूसखोरी वृद्धिको मामिलामा चीन सबैभन्दा अगाडि छ । सर्वेक्षणमा संलग्न ७३ प्रतिशत उत्तरदाताले १ वर्षको अवधिमा आफ्नो देशमा भ्रष्टाचार बढेको बताएका छन् । यो सूचीमा भारत सातौं स्थानमा रहेको छ । ४१ प्रतिशत भारतीयले एक वर्षमा घूसखोरी बढेको बताएका छन् । घूस लिने मामिलामा प्रहरी प्रशासन सबैभन्दा अगाडि रहेको पाइएको छ ।

सर्वेक्षणमा एशिया–प्रशान्त क्षेत्रका १६ देशमा २० हजारभन्दा बढी मानिसलाई संलग्न गराइएको थियो । सर्वेक्षणमा सहभागीलाई प्रहरी, न्यायाधीश वा अदालतका कर्मचारी, शिक्षक, अस्पतालका कर्मचारी र सरकारी अधिकारीलाई कुनै काम सम्पन्न गर्न १ वर्षमा कति पटक घूस वा उपहार टुक्र्याउनुप¥यो भन्ने प्रश्न सोधिएको थियो । रासस/पीटीआई


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »