पाठक विचार

२०७३-११-२५ मा प्रकाशित     ४०४ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

भर्खरै नेपाल लगानी सम्मेलन सकिएको छ । भारत र चीनजस्ता अर्थतन्त्रका उदीयमान छिमेकीलगायत विभिन्न मुलुकका लगानीकर्ताले नेपालमा लगानीका प्रतिबद्धता जनाएका पनि छन् । सम्मेलनमा कुल साढे १३ अर्ब डलर लगानीको प्रतिबद्धता आएकामा चीनका लगानीकर्ताको लगानी झण्डै ५० प्रतिशत छ । यसले नेपालमा विकासको ढोका खुलेको सङ्केत गरेको छ । तर, विभिन्न मुलुकका लगानीकर्ताले गरेको प्रतिबद्धतालाई कार्यान्वयन गर्ने चुनौती नेपालले पूरा गर्न सक्नेमा धेरैको आशङ्का छ ।
 
विगतमा भएका लगानी सम्मेलन तथा दाता सम्मेलनमा पनि विदेशी सङ्घसंस्थाबाट यस्तै प्रतिबद्धता आएको थियो । तर, मुलुकको राजनीतिक अस्थिरताका कारण त्यस्ता प्रतिबद्धता कार्यान्वयन हुन सकेनन् । अहिले लगानी सम्मेलनताका मुलुकको राजनीति केही स्थिर देखिएको भए पनि मुलुक पुनः द्वन्द्वको चरणमा प्रवेश गरेको छ । तराई सम्बद्ध दलहरू सरकारको विरोधमा बन्दहडतालका कार्यक्रम सञ्चालन गर्न थालिसकेका छन् । यसले राजनीतिक दलको स्वार्थ पूरा भए पनि मुलुकको आर्थिक विकासको लक्ष्य पूरा हुन सक्दैन ।

मुलुकले धेरै राजनीतिक आन्दोलन खेपिसकेको छ । राणाशासन विरोधदेखि लोकतान्त्रिक आन्दोलनसम्म भएका घटनामा कैयौं सर्वसाधारणले ज्यान गुमाए । तर, मुलुकको आर्थिक विकासको लक्ष्य कागजमै सीमित छ । वर्तमान अवस्थामा केही सकारात्मक अवस्था देखिएको थियो । त्यसैकारण स्वदेशी तथा विदेशी लगानीकर्ताले ठूला आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएका हुन् । अहिलेको लगानी सम्मेलनले जुन आशा जगाएको छ, त्यसलाई कार्यान्वयनमा ल्याउन सम्बद्ध निकायले विशेष पहल गर्नु जरुरी छ । अन्यथा लगानी सम्मेलन ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भनेजस्तै हुन्छ ।

कमलप्रसाद ढकाल
स्युचाटार, काठमाडौं


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »