पाठक विचार

२०७३-११-२५ मा प्रकाशित     ५३१ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

नेपालमा चलचित्र उद्योगको विकास

रमेशकेशरी वैद्य

संसारमा हरेक कुरामा जस्तै राम्रा मानिस, खराब मानिस, असली चिज नक्कली चिज, रमाइलो ठाउँ नरमाइलो ठाउँ हुन्छन् । चलचित्र जगत्मा पनि राम्रो पक्ष पनि छन् र नराम्रो पक्ष पनि छन् । अर्थात् चलचित्र क्षेत्रमा पनि चित बुझ्ने र नबुझ्ने दुवै कुरा छन् । त्यसमध्ये चित्त नबुझेका विषयका लागि चलचित्र लगानीकर्ताहरू परिवर्तन हुनैपर्छ । त्यसो भए मात्र चलचित्रको विकास हुँदै जानेछ । चलचित्र जगत् एक यस्तो क्षेत्र हो जहाँ मानिसले आफ्नो खुबीहरू देखाउने मौका पाउँछन् । जसले गर्दा व्यक्ति, देश तथा समाजलाई फाइदा भइरहेको हुन्छ । यो व्यवसायमा मानिसहरूले निर्देशन गर्ने, लेख्ने, फोटोग्राफी गर्ने, अभिनय गर्नेजस्ता खुबी देखाएर सर्वसाधारण, समाज र देशप्रति पनि योगदान दिँदै अगाडि बढिराखेका हुन्छन् ।

नेपालमा चलचित्रको विकास भएपछि चलचित्रबाट मानिसहरूले धेरै कुरा थाहा पाए पनि औसतमा यो क्षेत्रबाट सर्वसाधारणहरूले ज्ञान तथा शिक्षा प्राप्त गर्न पाएका छैनन् । यसको मुख्य कारण प्रायः चलचित्र लगानीकर्ताहरू चलचित्र बनाएर रातारात धनी हुन चाहन्छन् । वास्तवमा उनीहरू आफ्नो ठाउँमा सही पनि हुन् । तर, यसबाहेक मानिस भएर जीवनमा एकपल्ट जन्म लिएपछि, आफ्नो चलचित्रबाट आर्थिक लाभ र मनोरञ्जनबाहेक देशमा रहेका जनतालाई केही ज्ञान र शिक्षा पनि किन नदिने भन्ने सोच लगानीकर्तामा नभएको जस्तो लाग्छ । अन्यथा हाम्रो मुलुकमा पनि लोभ, लालच, स्वार्थी, अल्छिपना अन्धविश्वास, फोहर, घमण्डमा आधारित चलचित्रहरू धेरै बन्नुपर्ने थियो । यस्ता कुराहरू गर्दा चलचित्र बनाउनेहरूसँग नै ज्ञान नभएको हो अथवा यिनीहरूले ज्ञानवद्र्धक पटकथाको नै खोजी नगरेको हो, यो कुरा भने बुझ्न गाह्रो छ ।

हाम्रो जस्तो मुलुकमा केयौं यस्ता चलचित्र बन्नु आवश्यक छ, जुन नेपाली जनताको दिमागमा घुस्नु जरुरी छ । त्यस्ता चलचित्रमार्फत सर्वसाधारण नागरिक शिक्षित र चलाख हुनु जरुरी छ । आधुनिक विज्ञान र प्रविधिको प्रयोगसँगै शिक्षाप्रद र बौद्धिक विषयवस्तु भएको चलचित्र पनि बन्दै जानेछ भन्ने कुरामा आशा गरौं । शायद यही कमीका कारणले गर्दा पनि अधिकांश सर्वसाधारणले नेपाली चलचित्रप्रति नाक खुम्च्याउनु स्वाभाविक हो ।

हाम्रो जस्तो मुलुकमा सोझा मानिसहरूका जमात त छँदै छन् । यसबाहेक पनि अहिले आएर अनपढ, अल्लारे, लालची र स्वार्थीहरूको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ । यस्ताहरूका मानसिकता परिवर्तन गर्नका लागि पनि शिक्षाप्रद चलचित्र पनि एउटा माध्यम हुन आउँछ । त्यसैले यस्ता कुरा बराबर दोहोर्‍याइराख्नु पर्छ ।

पाइरेसी जहाँसम्म लाग्छ नेपालमा यसको खास अर्थ छैन, यो अङ्ग्रेजी शब्दको अर्थ प्रश्नपत्र आउटसरह हो । चलचित्र रिलिज हुनुअघि नै गैरव्यक्तिमार्फत चलचित्रलाई भाइरल गराउनु हो, जुन गैरकानूनी हो, तर यसका लागि खासै कुने सजाय र कानून छैन । तर, यसको मतलब यस्ता गलत गर्ने व्यक्तिहरूलाई व्यक्तिगत यातना र सताउनु पनि होइन । यसमा सरकारले चलचित्र पाइरेसी गर्ने व्यक्तिहरूलाई कडा सजायको तर्जुमा गर्नुपर्छ ।

चलचित्र क्षेत्रको कुरा गर्दा जसले जेसुकै भने पनि यसमा लागेका पेशाकर्मीहरू मेहनतमा विश्वास गर्छन्, जुन गौरव लाग्छ । चलचित्र पेशाकर्मीले जसरी नै नेता, व्यापारी, प्रशासक आदिले राष्ट्र र जनतालाई नठगी इमानदार भएर अघि बढ्ने हो भने आज हाम्रो मुलुक पनि कहाँबाट कहाँ पुगिसक्थ्यो होला । तर, अहिलेसम्मको अवस्था हेर्दा देश विकासका कुराहरू भाषणमा मात्र सीमित छ । देशको विकास हुँदै नभएको चाहिँ होइन । एकदम ढिला गतिमा विकास भएको छ । एकपल्ट फेरि भन्नुपर्दा, स्तरीय शिक्षा तथा ज्ञानवद्र्धक चलचित्रबाट नै मुलुकमा रहेका अशिक्षितलाई शिक्षित र सभ्य मानिस बनाउन सकिन्छ, नैतिक शिक्षा दिन सकिन्छ ।

सेल्युलाइड चलचित्र अर्थात् ठूला पर्दाका चलचित्रबाहेक चलचित्र बनाउनेहरूले टेलिभिजन सिरियलहरूको पनि विकासका लागि ध्यान पु¥याउनु जरुरी छ । आजभोलि मानिसहरू हलभन्दा घरमा बसेर चलचित्र हेर्न चाहन्छन् । यसमा समयको कमी, सुरक्षाको डर, आर्थिक कारण नै हुन सक्छ । अन्त्यमा के भन्न सकिन्छ भने चलचित्र निर्माताले कडा प्रयास तथा दुःख गरेर चलचित्रमा हात हालेको हुन्छ । निर्माताले लगानी पनि गरेको हुन्छ । तर, उसले त्यो चलचित्र सिनेमा हलमा देखाउन निकै समय कुर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा सरकारले सर्वसाधारणका लागि सस्तो र सहज वातावरणमा चलचित्र हेर्ने व्यवस्था मिलाउनुपर्छ । हलमा गएर चलचित्रहरू हेर्नका लागि लामो लाइनमा बस्नुपर्ने परम्परा हट्नुपर्छ । अहिले केही हलले फोनका आधारमा टिकट बूक गर्ने व्यवस्था मिलाएका छन् । तर, त्यो व्यवस्था सर्वसाधारणका लागि उचित छैन । एउटै टिकटको बढी पैसा तिर्नुपर्ने हुँदा त्यस्ता हलमा सम्पन्न परिवारका सदस्य मात्र जान सक्छन् । देशमा त्यस्ता सिनेमा हलहरू बनाउनु आवश्यक छ जहाँ सर्वसाधारण दर्शकहरूको चलचित्र हेर्ने क्षमता होस् । अर्थात् सिनेमाका टिकट दर महँगो नहोस् । यसो गर्नाले चलचित्र हेर्नेहरूको घुइँचो लाग्छ र सिनेमा हलहरूको पनि विकास हुँदै जानेछ । दर्शकको चाप बढ्नु भनेको चलचित्र बनाउनेहरूको हौसला बढ्नु हो र चलचित्रको विकास हुँदै जानु हो ।

क्षेत्रपाटी, काठमाडौं


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »