रोजगारी

२०७३-११-२६ मा प्रकाशित     २०९६ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

 वित्तीय योजनाको व्यवस्थापन

व्यापार, व्यवसायमा लागेकाहरू होऊन् वा रोजगारीमा लागेका, सबैले भविष्यका लागि आर्थिक सञ्चय गर्नुपर्छ । त्यसका लागि हरेक व्यक्तिले आफ्नो भविष्यको वित्तीय योजना बनाउनुपर्छ । अचेलका केही युवा पिढी बाबुआमाले बनाएको घरमा बस्ने र आमाले पकाएको खाने भएकाले भविष्यप्रति खासै चिन्ता लिँदैनन् । आफूले आर्जन गरेको सम्पत्ति भने मोजमस्तीमै उडाउने गर्छन् । यो प्रवृत्तिले भविष्य अन्धकार बन्ने सम्भावना बढी हुन्छ । त्यसैले, आफ्नो बचत तथा वित्तीय भविष्यको बारेमा हरेक पेशाकर्मीहरू अझ धेरै संवेदनशील हुनुपर्ने देखिन्छ ।

आवश्यकता र चाहना छुट्ट्याउने
आफ्नो वित्तीय भविष्य सुरक्षित बनाउन आवश्यकता र चाहनाबीचको फरक जान्नु निकै महŒवपूर्ण हुन्छ । आफूलाई साँच्चै चाहिएको चिज र भए हुन्थ्यो भन्ने लागेको चिजबीचको फरक जान्नु बचतको शुरुआत गर्नुजस्तै हो । यो कुरा छर्लङ नबुझेसम्म वर्तमानका लागि बजेटिङ र भविष्यका लागि बचत गर्ने काम दुवैमा कठिनाइ हुन्छ । त्यसैले, आवश्यक चीजबिजको खरीद गर्न कञ्जुस्याइँ नगर्ने र चाहनालाई थाती राख्दै बचत गर्ने बानी बसाल्नुपर्छ ।

मासिक बजेट
धेरैजसो पेशाकर्मीहरू तलब आएको दिन खुलमखुला खर्च गर्छन् । पहिलो २० दिनसम्म हाँसीखुशी गर्नेहरू २१ दिनदेखि निन्याउरो मुख लाउन थाल्छन् । आफ्नो कमाइको मासिक बजेट योजना नबनाएकै कारणले गर्दा यस्तो परिस्थिति आएको हो । तलब पाउनेबित्तिकै धेरैजसो पैसा खर्च गरिहाल्ने र अर्काे महीनाको तलब नआउन्जेलसम्म बाँकी समयमा संयमी जीवन शैली अपनाउनुपर्ने बाध्यताको अन्त्य तब हुन्छ, जब मासिक बजेट बनाइन्छ ।

प्रत्येक कर्मचारी सुविधाबाट फाइदा लिने प्रयास
रोजगारदातामार्फत उपलब्ध हुन सक्ने सम्भाव्य सबै सुविधा तथा फाइदाबारे सचेत हुनु आवश्यक छ । काम गर्ने कम्पनी तथा पदअनुसार यस्ता सुविधा फरकफरक हुन्छन् । केही कम्पनीले कर्मचारीले आफ्नो तलबबाट निवृत्तिभरण खातामा गरेको बचतमा सोहीबराबरको रकम लगानी गरिदिने गर्छन् । यस्तोमा रोजगारदाताले थपिदिन सक्ने अधिकतम रकम सीमा पत्ता लगाउने र आफूले कम्तीमा पनि प्रत्येक वर्ष सोबराबरको रकम जम्मा गर्न सक्ने नसक्ने कुराको सुनिश्चितता गरेर सकेसम्म धेरै फाइदा लिनेगरी बचत गर्नुपर्छ । यसो गर्न असफल हुनु भनेको सित्तैमा पाइने पैसा गुमाउनु नै हो । यदि आफ्ना नितान्त आवश्यकतामा खर्च छुट्ट्याउँदा सोबराबरको रकम हरेक महीना बचत गर्न सकिँदैन भन्ने लाग्छ भने आफ्नो सो विशेष परिस्थितिको बारेमा विज्ञसँग परामर्श लिनु राम्रो हुन्छ, जसबाट उत्तम विकल्पको छनोट गर्न सहयोग हुन्छ ।
 
नगद सञ्चिति एकत्र गर्ने

कुनै पनि सुव्यवस्थित वित्तीय योजना नगद बचतको आधारमा बन्छ । अधिकांश वित्तीय योजनाकारहरूले ३ देखि ६ महीनाबराबरको पारिश्रमिक रकम आपत्कालीन कोषका लागि छुट्ट्याउन सुझाव दिने गर्छन् । त्ससैगरी ठूल्ठूला खरीद, बिदा खर्च यो नगद सञ्चितिबाट नगर्नु पनि राम्रो वित्तीय योजना मान्न सकिन्छ । यसो गर्दा बचत निरन्तर वृद्धि भइरहन्छ, सिद्धिन पाउँदैन ।

ऋण तिर्दै जाने
वित्तीय भविष्यको सबैभन्दा ठूलो बाधक चालू ऋण भार नै हो । कुनै पनि ऋण नतिरेसम्म ब्याज थपिँदै बढिरहन्छ ।  यसको अर्थ आज १ रुपैयाँ ऋण तिर्नु भविष्यमा १ रुपैयाँभन्दा धेरै बचत गर्नुबराबर हो । ऋणलाई अहिलेबाटै थोरै–थोरै तिर्दै जाँदा भविष्यमा एकैचोटि लाखौं तिर्नबाट जोगिन सकिन्छ, जसले गर्दा बचतमा कुनै बाधा पर्दैन । तर, एकैपटक तिर्नुपर्ने बाध्यात्मक परिस्थिति कुनै पनि दिन आइपर्दा वित्तीय सन्तुलन नै बिग्रिने तथा बचत क्षमता नै समाप्त हुने पनि हुन सक्छ । ब्याज र त्यसले ऋणमा थपिने व्ययभार साँच्चै डरलाग्दो हुन सक्छ भन्ने कुरामा सचेत हुनु नै बुद्धिमानी हुन्छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »