प्रविधि

२०७३-११-३० मा प्रकाशित     ३६२५ पटक पढिएको    १ बिचार / प्रतिक्रिया

२४ घण्टामै बन्यो बलियो घर

सामान्यतया घर बनाउन महीनौं लाग्ने गर्छ तर रूसमा भने २४ घण्टाभित्रै एक बलियो घर तयार पारिएको छ । यो घर मानिसले बनाएको नभई थ्रीडी पिण्टेडको सहायताबाट निर्माण गरिएको हो । करीब ११ लाख नेपाली रुपैयाँमा तयार पारिएको यो घर निकै स्तरीय रहेको बताइएको छ । यो घर १ सय ७५ वर्षसम्म टिकाउ हुने उल्लेख छ ।

उक्त घर अमेरिकाको सानफ्रान्सिस्कोमा रहेको एपिस कोर कम्पनीले निर्माण गरेको हो । यो घरको सबैभन्दा बढी खर्च ढोका र झ्यालका लागि गरिएको बताइएको छ । घर निर्माण गर्न थ्रीडी प्रिण्टरको मसीको रूपमा सिमेण्ट र कङ्क्रिटको मिश्रण प्रयोग गरिएको थियो । त्यस्तै, मोबाइल थ्रीडी कन्ष्ट्रक्शनको समेत प्रयोग गरिएको बताइएको छ । घर निर्माण गरिसकेपछि यसमा ढोका र झ्याल हालेर फिनिसिङ गरिएको थियो । ३७ वर्ग मिटरमा निर्माण गरिएको यो घर पारिवारिक बसोवासका लागि उपयुक्त हुने खालको छ । यो घरमा सामान्य घरमा जस्तै सबै किसिमका सुविधा र विशेषता छन् ।

कम्पनीले अझै पनि यसमा धेरै सुधारको सम्भावना रहेको बताएको छ । यो नयाँ प्रविधिको सहयोगले शरणार्थी शिविर तथा प्राकृतिक प्रकोपका कारण घर भत्किएका मानिसका लागि छोटो समयमा राम्रो घर निर्माण गर्न सकिने देखिएको छ । (एजेन्सी)


#  
प्रकाश गुरुङ लेख्नुहुन्छ

याे प्रबिधि नेपाल मा पनि लानु पर्छ यदि कम्पनी को कुनै सवार्थ छैन भने ।

4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »