खेल विविध

२०७३-११-३० मा प्रकाशित     ८३५ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

केन्याद्धारा नेपाललाई १५६ रनको लक्ष्य प्रस्तुत, बलिङमा नेपाल हावी

फागुन ३०, काठमाडौं । आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत नेपाल र केन्याबीचको दोस्रो खेलमा केन्याले नेपाललाई १५६ रनको लक्ष्य दिएको छ । नेपालको कसिलो बलिङ र फिल्डिङका कारण केन्याका खेलाडीहरुले खुलेर खेल्न सकेनन् । 

नियमित कप्तान पारस खड्का विनानै खेलेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै केन्यालाई ४६ दशमलव १ ओभरमा अलआउट गर्दै नेपालले १५५ रनमै सिमित गरेको छ । 

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले टस जितेर बलिङ रोजेको थियो । शनिबार भएको पहिलो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेको थियो । वर्षाले समेत प्रभावित उक्त खेलमा नेपाल केन्यासँग ५ विकेटले पराजित हुन पुग्यो । सोमबार भने विहानैदेखि पारिलो घाम लागिरहेको छ । 

सोमबारको खेल हेर्नका लागि त्रिवि क्रिकेट मैदानमा नेपाली क्रिकेट खेल समर्थकको उपस्थिति थामी नसक्नुको रहेको छ । अहिले मैदानको वरिपरि पूरै नेपाली खेल समर्थकले भरिएको छ भने उनीहरुले नेपालको समर्थनमा गरेको हुटिङले खेलाडीलाई समेत थप हौसला मिलिराखेको छ । 

विश्वकप क्रिकेटको छनोटमा पर्ने सम्भावनालाई जीवितै राख्न नेपालले आजको खेल जित्नैपर्ने दवावमा छ । कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा नेपाली टोलीले अब केन्या विरुद्ध ब्याटिङ गर्ने छ । नेपालको फिल्डिङ राम्रो रहेपनि ब्याटिङ पक्ष सुधार्नु पर्नेमा सबैले जोड दिंदै आएका छन् । ५० ओभरको खेलका लागि केन्याले नेपाललाई दिएको टार्गेटलाई कठिन भने मान्न सकिन्न । 

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »