यातायात

२०७३-१२-१ मा प्रकाशित     ४८० पटक पढिएको    ० बिचार / प्रतिक्रिया

ड्रिम कार आर्ट कण्टेष्टका विजेता पुरस्कृत

काठमाडौं (अस) । टोयोटा ड्रिम कार आर्ट कण्टेष्टका विजेताहरू पुरस्कृत भएका छन् । विश्वप्रसिद्ध जापानी कम्पनी टोयोटाको नेपालका लागि एक मात्र आधिकारिक विक्रेता युनाइटेड ट्रडर्स सिण्डिकेट प्रालिले विश्वव्यापी चित्रकला प्रतियोगिता– टोयोटा ड्रिम कार आर्ट कण्टेष्टका विजेताहरूलाई गत सोमवार पुरस्कृत गरेको हो । भोइथ कम्प्लेक्समा आयोजित कार्यक्रममा विजेताहरूको नाम सार्वजनिक गरी विभिन्न पुरस्कार प्रदान गरिएको थियो ।

५ महीना लामो उक्त राष्ट्रिय प्रतियोगितामा नेपालभरिका ६ सयभन्दा बढी प्रतियोगीले भाग लिएका थिए । सहभागीहरूमध्ये प्रत्येक विधामा तीन उत्कृष्ट प्रतियोगी छानिएका थिए । उनीहरू अन्तरराष्ट्रिय प्रतियोगितमा सहभागी हुन पाउने बताइएको छ ।  उक्त प्रतियोगिताले संसारभरिका बालबालिकालाई आफ्नो सृजनात्मक क्षमता उजागर गर्दै यातायात क्षत्रको भविष्यको कल्पना आफ्नो सपनाको गाडीको रूपमा उतार्न आमन्त्रण गर्ने गर्छ ।

सन् २००४ देखि टोयोटाले आफ्नो सामाजिक योगदानको पहलको रूपमा प्रतियोगिताको आयोजना गर्दै आएको छ । सन् २०१६ मा मात्र सो प्रतियोगितामा विभिन्न ८ देशका ८ लाख ५५ हजार विद्यार्थीको सहभागिता थियो ।

विजेताहरूको नाम र चित्र शीर्षक
८ वर्षमुनिका विजेताहरूमा मेरो रङ्गीन कार शीर्षकमा रोहन प्रधानले प्रथम स्थान हासिल गरे भने पारिवारिक कारमा इञ्जो शाक्यले उपाधि जिते । म्याजिक कारको उपाधि नेहा खरेलले जितिन् ।

यसैगरी ८ देखि ११ वर्ष समूहमा सस्मितज्यू ठकुरी शार्क कार शीर्षकमा उत्कृष्ट ठहरिन् भने सपनाको कारमा उन्नति काडरियाको प्रथम रह्यो । यसैगरी टाइम मेशिन एपल कारतर्फ तमन्ना अग्रवाल उत्कृष्ट भइन् ।  १२ देखि १५ वर्ष समूहतर्फ मेरो सपनाको कार शीर्षकमा एलिना चाहरले लेखेको चित्र प्रथम भयो । नेपलिज ट्रेडिशनल रिसाइकलमा समीक्षा भण्डारी र इन्भोफ्रेन कारमा स्मृति पाण्डेय उत्कृष्ट ठहरिए ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »