यातायात

२०७३-१२-१ मा प्रकाशित     १०२६ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

फोर्डको प्लाटिनम एडिसन बजारमा

काठमाडौं (अस) । कार निर्माता कम्पनी फोर्डले नयाँ प्रविधि र विशेषताका साथ प्लाटिनम एडिसन नेपाली बजारमा ल्याएको छ । भारतीय बजारमा डेढ महीनाअगाडि आएको यो गाडीको मूल्य नेपालमा ५१ लाख ९० हजार रुपैयाँ कायम गरिएको छ । यो टीडीसीआई १ दशमलव ५ लिटर इञ्जिनको गाडीको मूल्य हो ।

फोर्ड इकोस्पोर्ट प्लाटिनम एडिसनमा कालो छाना, १७ इञ्चको ह्विल, चौडा टायर र आकर्षक नयाँ बम्पर राखिएको छ । यसमा ८ इञ्चको टचस्क्रिन इन्फोटेण्टमेण्ट सिष्टमले पछाडिको दृश्य र स्याटेलाइट नेभिगेशन देखाउँछ । कम्पनीले फोर्ड इकोस्पोर्ट २०१२ मा लञ्च गरेको थियो । त्यसपछिका समयमा फोर्डले कारमा धेरै परिमार्जन गरिसकेको छ ।

फोर्डको प्लाटिनम एडिसनले यात्रालाई थप रोमाञ्चित र अविस्मरणीय बनाउने अपेक्षा गरिएको छ । कम्पनीले एसयूभी सेगमेण्टमा नयाँ र भिन्न किसिमको विशेषता थपेर नयाँ बेञ्चमार्क बनाएको दाबी गरेको छ । यो गाडीको प्रतिलिटर माइलेज २२ किलोमिटर रहेको उल्लेख छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »