यातायात

२०७३-१२-१ मा प्रकाशित     ४३० पटक पढिएको    ० बिचार / प्रतिक्रिया

न्यूनतम मासिक किस्ताका साथ रेनोको ‘वाउ अफर’

काठमाडौं (अस) । नेपालका लागि रेनोको आधिकारिक वितरक एड्भान्स अटो मोबाइल्स प्रालि (विशाल समूहको सहायक)ले रेनो वाउ अफर’ सार्वजनिक गरेको छ । कम्पनीले क्विड तथा डष्टरका लागि नयाँ अफर ल्याएको हो । ‘मेक योर न्यू इयर अ रेनो वाउ इयर, नाउ ड्राइभ दी क्विड अर डष्टर एट लोएष्ट ईएमआई एभर’ नारासहित नयाँ अफर ल्याएको हो ।

यही सातादेखि नयाँ वर्षलाई लक्षित गरेर यो नयाँ योजना सार्वजनिक गरिएको हो । यो योजनाले सम्भावित ग्राहकका लागि सजिलो मासिक किस्ताबन्दीको विशेषताको बारेमा जानकारी दिने बताइएको छ । ग्राहकले आविष्कारिक तथा रोमाञ्चक क्विड तथा डष्टर न्यूनतम मासिक किस्ता क्रमशः रू २८ हजार २ सय र रू. १३ हजार ३ सय ५७ तिरेर प्राप्त गर्न सक्ने बताइएको छ । यसका लागि ८ दशमलव ९९ प्रतिशत वार्षिक ब्याज दरमा सजिलो फाइनान्स रहेको पनि एड्भान्स अटो मोबाइल्सले उल्लेख गरेको छ । साथै, यो योजनामा २ वर्षको निःशुल्क सर्भिस, १ वर्षको निःशुल्क सडक कर, सजिलो एक्सचेञ्ज सुविधा तथा अतिरिक्त नगद छूटको व्यवस्था छ । रेनोका गाडीहरू ५ वर्षको वारेण्टीका साथमा आउने गर्छन् ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »