लगानी

२०७३-१२-१ मा प्रकाशित     ३९५८ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

ग्लोबल आईएमई बैङ्क लिमिटेड : कम्पनी विश्लेषण (मङ्गलवार, १ चैत २०७३)

प्रमुख गतिविधि :

 

यही चैत २१ गते हुने बैङ्कको १०औं वार्षिक साधारणसभाले १५ दशमलव ७६ प्रतिशत बोनस शेयर दिने भएको छ । साधारणसभाका लागि चैत ७ शेयर दर्ता किताब बन्द गर्ने बताइएको छ । चैत ६ सम्म शेयर किन्ने लगानीकर्ताले यस बैङ्कको बोनस शेयर प्राप्त गर्नेछन् । प्यासिफिक डेभलपमेण्ट बैङ्क खरीद गरेर फागुन १ बाट संयुक्त कारोबार शुरुआत गरेको बैङ्क रिलायबल डेभलपमेण्ट बैङ्कसमेत किन्ने प्रक्रियामा छ । घोषित लाभांश पारित भएमा यो बैङ्क राष्ट्र बैङ्कको पूँजी वृद्धिको नीतिअनुसार ८ अर्ब पूँजी पु¥याउने तेस्रो बैङ्क हुनेछ । पूँजी वृद्धिका क्रममा बैङ्कले मर्जर र एक्विजिशनको नीति अपनाएको छ भने हकप्रद शेयर नदिएका कारण बैङ्कलाई आगामी दिनमा प्रतिशेयर आम्दानी सन्तुलनमा राख्न ठूलो समस्या रहेको देखिँदैन ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमास र गतवर्षको सोही अवधिमा प्रकाशित वित्तीय विवरणबीच तुलना :
- चालू आवको पुस मसान्तसम्म खुद नाफा ९०  करोड ६२ लाख पुगेको छ । सो गतवर्षको सोही अवधिको तुलनामा करीब १८ दशमलव ८१ प्रतिशत बढी हो । सोही समयमा बैङ्कको पूँजी १६ प्रतिशत वृद्धि भयो ।

- जगेडा कोषमा २८ दशमलव १२ वृद्धि भएको छ । १ अर्ब ९८ करोडको जगेडा कोष वृद्धि भएर २ अर्ब ४६ करोड पुगेको छ ।

- ८४ अर्ब १२ करोड निक्ष्ोप सङ्कलन गरी ७१ अर्ब ५१ करोड कर्जा प्रवाह गरेको छ । निक्षेप ३१ दशमलव ८० प्रतिशत वृद्धि भएको छ भने कर्जा प्रवाह ३० दशमलव शून्य ६ प्रतिशत वृद्धि भएको छ ।

- खुद ब्याज आम्दानी २६ दशमलव ५१ प्रतिशत वृद्धि भएर १ अर्ब ६७ करोड कमाउन बैङ्क सफल भएको छ ।

- सो अवधिसम्म २७  करोड ९ लाख रुपैयाँ प्रोभिजन गर्नुपरेको छ भने जोखीम कोषबाट १९  करोड ५० लाख रकम फिर्ता गरेको छ । प्रोभिजन गतवर्षको तुलनामा २ सय ३७ दशमलव ३५ प्रतिशत वृद्धि हुँदा बैङ्कको खुद नाफामा केही असर परेको देखिन्छ ।   

- पछिल्लो विवरणअनुसार बैङ्कको प्रतिशेयर आम्दानी २५ दशमलव ३५ रुपैयाँ,  प्रतिशेयर नेटवर्थ १३४ दशमलव ४२ रुपैयाँ, पूँजी कोष लागत ४ दशमलव शून्य ५ प्रतिशत, ब्याज स्प्रेड दर ४ दशमलव १४ प्रतिशत मूल्य आम्दानी अनुपात १६ दशमलव ६९ गुणा र निष्क्रिय कर्जा १ दशमलव ६१ प्रतिशत प्रतिशत छ ।

- जोखीम भारित सम्पत्तिको तुलनामा प्रोभिजन १ सय ४९ दशमलव ४३ प्रतिशत छ ।

प्राविधिक विश्लेषण : मूल्यमा केही सकारात्मक सङ्केत

प्रतिरोध २ : ४६५   ।  प्रतिरोध १ : ४३०  ।   टेवा  : ३७५ देखि ४०० को क्षेत्र  ।  हालको अन्तिम मूल्य : ४१४

बजारको अवस्था
बैङ्कको १३ मार्च, २०१७ सम्मको दैनिक मैनबत्ती चार्टको आधारमा, विगत ४ महीनादेखि बजार घट्दै आएको देखिन्छ । अन्तिम कारोबारको दिन बजार ४ सय १४ अङ्कमा बन्द भएको छ । अघिल्लो दिनमा पनि बजार यतिमै बन्द भएको थियो । परिमाण १ लाख ७९ हजार ५ सय २० छ भने यो अघिल्लो दिनको भन्दा ४३ हजार ७ सय ६७ कित्ता कम हो ।

बजारको प्रवृत्ति विश्लेषण
बजारको माथिल्लो र तल्लो बिन्दुहरू घट्ने क्रममा भएकाले बजार घट्दो प्रवृत्तिको र च्यानलको सीमाभित्र उतावचढाव गरिरहेको अवस्थामा पछिल्लो समयमा बजार च्यानलको माथिल्लो प्रवृत्ति रेखा तोड्न सफल भएको छ । त्यसैगरी अघिल्लो हप्तादेखि बजार ४ सयको मनोवैज्ञानिक प्रतिरोधभन्दा माथि रहेको छ ।

४ वर्ष समयावधिको बजार प्रवृत्ति विश्लेषण गर्दा ३ सय ७५ देखि ४ सयको क्षेत्रलाई बलियो टेवाको रूपमा लिन सकिन्छ । त्यहीअनुसार मूल्यले सो टेवा प्राप्त गरी माथि जान खोजेको जस्तो देखिन्छ ।

अन्य प्राविधिक सङ्केतहरू :
एक्सपोनेन्सियल मुभिङ एभरेज (ईएमए) : मूल्यले २१ दिनको ईएमएलाई प्रतिरोधको रूपमा परीक्षण गरिरहेको थियो । पछिल्लो समयमा मूल्य यो प्रतिरोधभन्दा माथि रहेको देखिन्छ ।

रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) : १४ दिनको आरएसआई ६० अङ्कमा छ । हाल यसको प्रवृत्ति हेर्दा तल्लो र माथिल्लो बिन्दुहरू बढ्दो प्रवृत्तिमा रहेकाले बजारमा क्रेताहरूको चाप बढी रहेको देखिन्छ ।

एमएसीडी : एमएसीडी रेखाले मध्य रेखालाई मुनिबाट माथितर्फ जान परीक्षण गरिरहेको देखिन्छ । यदि एमएसीडी रेखा मध्य रेखादेखि माथि भएमा बजार सकारात्मक हुन सक्ने सङ्केत गर्छ ।

फिबोनाची रिट्रेसमेण्ट : घट्दो प्रवृत्तिमा रहेको मूल्यको ६ सय २३ देखि ३ सय ६५ सम्मको फिबोनाची रिट्रेसमेण्ट लिँदा अघिल्लो सातादेखि बढिरहेको मूल्यले २३ दशमलव ६ प्रतिशतको रिट्रेसमेण्टलाई प्रतिरोधको रूपमा सामना गर्नुपर्ने देखिन्छ । यो लगभग ४ सय ३० को प्रतिरोध क्षेत्र हो ।

निष्कर्ष :
घट्दो प्रवृत्तिमा रहेको बजार पछिल्लो समयमा केही सूचकहरूले सकारात्मक सङ्केत देखाउन थालेको छ । बजार सकारात्मक हुन सक्ने सङ्केत हुँदै गए पनि ४ सय ३० बलियो प्रतिरोधको रूपमा देखिन्छ । यो कम्पनीको कारोबार गर्नुअघि नेप्सेको प्रवृत्तिलाई पनि ध्यान दिनुपर्ने हुन्छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »