लगानी

२०७३-१२-१ मा प्रकाशित     २७६६ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

स्ट्याडर्ड चार्टर्ड बैङ्कको एफपीओ आजदेखि खुला, यी ठाउँबाट दिने आवेदन

चैत १, काठमाडौं (अस) । स्ट्याडर्ड चार्टर्ड बैङ्क लिमिटेडले चैत १ गते (आज)देखि २५ लाख ५८ हजार १ सय ४० कित्ता थप साधारण शेयर ( एफपीओ) निष्कासन गर्ने भएको छ । बैङ्कले प्रति शेयर १ सयमा प्रिमियम बापत रू. १ हजार १ सय ९० थप गरि प्रति शेयर रू. १ हजार २ सय ९० मूल्य तोकेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २५ हजार ५ सय ८० कित्ता शेयरका लागि दरखास्त दिन सक्ने छन् । कम्पनीको शेयर विक्री छिटोमा चैत ४ गते र ढिलोमा चैत १५ गते बन्द हुनेछ ।

शेयरको निष्कासन तथा विक्री प्रबन्धक एनएमबी  क्यापिटल लिमिटेड रहेको छ । इच्छुक व्यक्तिहरुले शेयर रजिष्ट्रार र सिद्धार्थ बैङ्कका शाखा कार्यालयहरु आस्बा सदस्य बैङ्क तथा वित्तिय संस्था र त्यसको शााखा कार्यालयहरु, एनएमबी बैङ्क लिमिटेडको सम्पूर्ण शाखा कार्यालयहरु, प्रभु क्यापिटल लिमिटेड, काठमाण्डु क्यापिटल मार्केट लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, सिविआइएल क्यापिटल लिमिटेड, भिवोर क्यापिटल लिमिटेड, ग्लोवल आइएमई क्यापिटल लिमिटेड, एस क्यापिटल लिमिटेड, सिभिल क्यापिटल मार्केट लिमिटेड, एनआइबिएल क्यापिटल मार्केट लिमिटेड, कृति क्यापिटल एण्ड इन्भेष्टमेण्ट लिमिटेड, नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ् लिमिटेड, एनसिएम मर्चेण्ट बैङ्किङ लिमिटेड, गुडविल फाइनान्स लिमिटेडका शाखा कार्यालयरु, सेण्ट्रल फाइनान्स लिमिटेडको शाखा कार्यालयहरु, सगरमाथा फाइनान्स लिमिटेड, गोर्खाज फाइनान्स लिमिटेडका शाखा कार्यालयहरु, आइसिएफसि फाइनान्स लिमिटेडको शाखा कार्यालयहरु, लुम्बिनी फाइनान्सको शाखा कार्यालयहरु न्यूरोड र मानभवन ललितपुर, भार्गव विकास बैङ्क सप्तकोशी डेभलपमेण्ट बैङ्क विराटनगर तथा शाखा कार्यालयहरु इलामर फिदिमबाट आवेदन दिन सक्नेछन् ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »