प्रडक्ट

२०७३-१२-३ मा प्रकाशित     ९०६ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

छैटौं नेपाल अन्तरराष्ट्रिय व्यापार मेला आजबाट
मदन लामिछाने

मदन लामिछाने

छैटौं नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०७३ आजबाट भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सञ्चालन हुँदै छ । मेला चैत ७ गतेसम्म सञ्चालन हुनेछ । मेलामा ३ सय ३५ ओटा स्टल रहनेछन् । स्वदेशी व्यवसायीका साथै भारत, चीन, बङ्गलादेश, पाकिस्तान, थाईल्याण्डलगायत देशबाट समेत सहभागिता हुने व्यापार मेला समितिका सभापति केशव पाण्डेले जानकारी दिए । मेला नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको हो । नेपाल सरकार वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले मेला आयोजनामा सहयोग गरेका छन् । नेपाल सरकारले यो मेलाका लागि बजेट पनि छुट्ट्याएको छ । साथै, नेपाल जडीबुटी उत्पादक सङ्घ तथा उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार आयोजना (हिमाली)ले पनि मेला आयोजनामा सहयोग गरेका छन् ।

स्वदेशी एवम् विदेशी उत्पादनको प्रदर्शनी तथा विक्रीवितरण गरिने मेलाको सम्पूर्ण तयारी पूरा भएको नेपाल उद्योग वाणिज्य महासङ्घले जानकारी दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज बिहीवार मेलाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तरराष्ट्रिय व्यावसायिक सम्बन्ध विस्तारमा एक महत्त्वपूर्ण कडीका रूपमा हेरिएको सभापति पाण्डेले बताए । उनका अनुसार मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवर्द्धन तथा लगानीबारे छलफलसमेत हुनेछ ।

महासङ्घले निश्चित समयमा क्यालेण्डर इभेण्टको रूपमा चैत ३ गतेदेखि यो मेला सञ्चालन गरिरहेको नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले बताए । ‘विदेशबाट पनि यो मेलामा सहभागिता होस् र स्वदेशी उत्पादन पनि देखाउन सकौं भन्ने हाम्रो चाहना हो,’ श्रेष्ठले भने, ‘त्यसैले, हामीले जस्तोसुकै विषम परिस्थिति आइपरे तापनि यसलाई निरन्तरता दिइरहेका छौं ।’

मेलामा भारतका १० ओटा, चीनका ८० ओटा, पाकिस्तानको २० ओटा, बङ्गलादेशका ३५ ओटा र थाईल्याण्डबाट दुईओटा स्टलको सहभागिता रहनेछ । मेला अवधिभर ५ लाख अवलोकनकर्ताले अवलोकन गर्ने आयोजकको अनुमान छ । साथै, मेलामा ५ करोड रुपैयाँबराबरको व्यवसाय हुने बताइएको छ । आमउपभोक्तालाई मेलाको प्रवेश शुल्क ५० रुपैयाँ तथा विद्यार्थीलाई २५ रुपैयाँ राखिएको छ ।

चालू आवको ६ महीनाको नेपालको वैदेशिक व्यापार अवस्था  
चालू आर्थिक वर्ष (आव) २०७३/७४ को प्रथम छ महीनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५८ दशमलव ८ प्रतिशत वृद्धि भई ५ सय २ दशमलव ३७ अर्ब रुपैयाँ पुगेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्क छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ७ दशमलव २ प्रतिशत र ९२ दशमलव ८ प्रतिशत  छ । समीक्षा अवधिमा नेपालको कुल निकासी १० दशमलव ८ प्रतिशत वृद्धि भई ३६ दशमलव ३२ अर्ब रुपैयाँ तथा कुल पैठारीमा ६४ दशमलव ३ प्रतिशत वृद्धि भई भई ४ सय ६६ दशमलव ०५ अर्ब रुपैयाँ पुगेको छ । आव २०७२/७३ को प्रथम ६ महीनाको अवधिमा निकासी–पैठारी व्यापारको अनुपात १ः८ दशमलव ७ भएकोमा आव २०७३/७४ को सोही अवधिमा निकासी–पैठारी व्यापारको अनुपात १ः१२ दशमलव ८ रहेको छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »