विकास

२०७३-१२-४ मा प्रकाशित     ५८४ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

दाङका ३६ सडक योजनामा थप ४ करोड बजेट

चैत ३, दाङ । सरकारले दाङका विभिन्न सडक योजनामा करीब रू. ४ करोड बजेट थप गरेको छ । दाङवासीले उपप्रधान तथा अर्थमन्त्रीलाई बुझाएको मागपत्रका आधारमा अर्थ मन्त्रालयले जिल्लाका ३६ सडक योजनामा रू. ३ करोड ९० लाख रुपैयाँ बजेट थप गरेका जिल्ला समन्वय समिति (जिसस) दाङले जानकारी दिएको छ ।

जिससका बोर्ड सदस्य निर्मल आचार्यका अनुसार तत्कालीन जिल्ला विकास समितिबाट स्थानीय विकास मन्त्रालय हुँदै सर्टिङ गरेर अर्थ मन्त्रालय पठाइएको र त्यसैअनुसार बजेट थप भएको हो ।

ती सबै योजनामा थप १५÷१५ लाख बजेट पठाइएको बताइएको छ । जसअनुसार घोराही–६ चमेली टोलदेखि चमैसोता कालोपत्रे, घोराही सर्रा हाइवे हुँदै सानीअम्बापुर–मुनाटोल–भगवानपुर टोल–दामोदर सडक कालोपत्र, धर्ना डाँगीगाउँदेखि रज्जा–मन्नामे सडक, अमेलिया–होलेरी–शहीदमार्ग, विजौरीडाँडा–सिस्नेरी सडक, नारायणपुर–सौरीकुला–सिमलबोट–उत्तरअम्राइ–सिवानी–ठाँटीगाउँ–ठटौली सडक, एकान्त टोल–तुरुन्तपुर–बाह्रकुने सडक कालोपत्र, कोठरी–कन्जवार–धमकापुर सडक र मुलबारी–गहतेरा कमिरेचौर सडक योजना रहेको समन्वय समितिले बताएको छ ।

त्यसैगरी, शहीद विद्यालय वनकट्टीदेखि मानपुर स्वास्थ्यचौकी हुँदै टरिगाउँ सडक, भलटोलगह्राटोल–शान्तिनगर सडक, मूलाबारी–लापेको इला–बड्डाडा सडक कालोपत्रे, घोराही–६ जोगीडाँडादेखि भैंसीकोट–कटुवाखोला, गोबरडिहा जेठानगाउँदेखि वनघुस्री पुरानो दामोदर सडक रहेका छन् ।

त्यस्तै, सिसहनिया–करङेकोट–हासीपुर –मुर्कुटी सडक, कमिररेचौर–तापा–अरङखोला सडक, लक्ष्मीपुरको भानपुरचोक हुँदै रामपुरको सुर्केडाँगी–पसाले–बुका सडक, लोहारपानी–काभ्रे–स्यूजा–सैघा–होलेरी सडक, डहरी टोल–रिङराड सडक शान्तिनगर र सर्रा–सौंडियार–कचतपुर–दमाइटोल–चोरगाउ बबई जोड्ने सडकमा पनि बजेट थप भएर आएको छ । यी योजना जिससका उपभोक्ता समितिहरूले कार्यान्वयन गर्ने बताइएको छ । अर्थमन्त्री कृष्णबहादुर महरा दाङ आएको बेला यहाँका स्थानीयले मागपत्र एवम् ज्ञापनपत्र बुझाएर आफ्ना समस्या अवगत गराएका थिए ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »