शेयर / बैङ्किङ गतिविधि

२०७३-१२-४ मा प्रकाशित     २५७ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

पोखरा फाइनान्स २१औं वर्षमा

चैत ३, पोखरा (अस) । पोखरामा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स २१औं वर्षमा प्रवेश गरेको छ । फाइनान्सले २१औं वर्ष प्रवेशको अवसरमा ‘वित्तीय साक्षरता तथा सफा नोट अभियान’सम्बन्धी प्रभातफेरी गरेको छ । फाइनान्सले दीर्घसेवा पदक वितरण पनि गरेको प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले जानकारी दिए । रचनात्मक कार्यक्रम गरेर वार्षिकोत्सव मनाउने क्रममा जनमानसमा वित्तीय साक्षरता एवम् नोटको जतन सम्बन्धमा आवश्यक जानकारी प्रवाह गरिएको फाइनान्सका अध्यक्ष भुवनसिंह गुरुङले बताए । संस्थामा १० देखि १५ वर्षसम्म सेवा गर्ने कर्मचारीलाई दीर्घ सेवा पदक वितरण गरिएको हो ।

वार्षिकोत्सवकै अवसरमा बिहीवार संस्थाले प्रधान कार्यालयमा रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रममा ५९ युनिट रगत सङ्कलन भएको प्रमुख कार्यकारी अधिकृत गुरुङले जानकारी दिए । सामाजिक उत्तरदायित्व वहन गर्ने लक्ष्यसहित फाइनान्सले प्लाष्टिक झोला मुक्त अभियानमा योगदान पुर्‍याउने उद्देश्यले  ‘एक खाता एक झोला’ अभियान शुरू गरेको छ । नयाँ खाता खोल्ने ग्राहकलाई झोला वितरण गरिने विज्ञप्तिमा उल्लेख छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »