शेयर / बैङ्किङ गतिविधि

२०७३-१२-४ मा प्रकाशित     ८९७ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

मेगाकोे बोनस र हकप्रद शेयर पारित

चैत ३, काठमाडौं (अस) । मेगा बैङ्कको छैटौं वार्षिक साधारणसभाले १३ दशमलव २५ प्रतिशत बोनस शेयर, शून्य दशमलव ७० प्रतिशत नगद लाभांश र ६५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।

आर्मी अफिसर्स क्लब भद्रकालीमा सम्पन्न सभामा बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बैङ्कको अवस्था र भावी कार्यनीतिबारे जानकारी गराएका थिए । नेपाल राष्ट्र बैङ्कले २०७४ असार मसान्तसम्ममा वाणिज्य बैङ्कको चुक्ता पूँजी ८ अर्ब पु¥याउन भनी दिएको ४ वर्षे अल्टिमेटम पूरा गर्न बोनस शेयर, हकप्रद शेयर र टुरिजम विकास बैङ्कसँग मर्जर प्रक्रिया अघि बढाएको उनले जानकारी गराए । साथै, पश्चिमाञ्चल डेभलपमेण्ट बैङ्कसँगको संयुक्त कारोबारपछि ४५ ओटा शाखाबाट सेवा दिँदै आएकोमा थप १० शाखा विस्तारका लागि राष्ट्र बैङ्कबाट स्वीकृति प्राप्त भई शाखा स्थापनाका लागि तयारी भइरहेको समेत उनले बताए । हाल मेगाको चुक्ता पूँजी ४ अर्ब १ करोड २० लाख ३१ हजार रुपैयाँ रहेको छ । बैङ्कले चालू आवका दोस्रो त्रैमासमा ३७ करोड ९ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »