लगानी

२०७३-१२-४ मा प्रकाशित     २४३७ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

नेको इन्स्योरेन्स कम्पनी लिमिटेड : कम्पनी विश्लेषण (शुक्रवार, ४ चैत २०७३)

प्रमुख गतिविधि :
२०७३ पुस २८ गते भएको २१औं वार्षिक साधारणसभाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । साथै, कम्पनीले गत फागुन ३ बाट निष्कासन गरेको १०० प्रतिशत हकप्रद शेयरका लागि आवेदन सङ्कलन यही चैत्र ७ गते बन्द हुँदै छ । पुस १३ गते कम्पनीको शेयरधनी दर्ता पुस्तिका भएका शेयर होल्डरले यो १०० प्रतिशत हकप्रद शेयरमा आवेदन  गर्न पाउँछन् ।

नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७३/७४ र २०७२/७३ बीच तुलना :
- खुद मुनाफा ११९ दशमलव ४६ प्रतिशत बढेर ७ करोड ३३ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको पूँजी १५ प्रतिशत वृद्धि भएको छ । पूँजीवृद्धिको तुलनामा खुद मुनाफामा निकै धेरै वृद्धि हुँदा  कम्पनीको प्रतिशेयर आम्दानीमा ठूलो वृद्धि भएको छ । तर, यो वर्ष २० प्रतिशत बोनस र शतप्रतिशत हकप्रदबाट पूँजी थप वृद्धि हुने भएकाले आगामी दिनमा प्रतिशेयर आम्दानी सन्तुलनमा राख्ने ठूलो चुनौती कम्पनीसँग छ ।

- कम्पनीको जगेडा पनि वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ११ करोड २५ लाख रहेको जगेडा यो त्रैमासमा १४ करोड ७६ लाख भएको छ । साथै, कम्पनीले बीमाकोष ३० दशमलव ५४ प्रतिशत वृद्धि भएर २१ करोड ६७ लाख रुपैयाँ पुगेको छ ।

- कम्पनीको बीमाशुल्क (खुद) आम्दानी ३८ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।

- कम्पनीले जारी गरेको बीमालेख सङ्ख्या ९७ हजार ३ सय ४५ ओटा छ, जुन अघिल्लो त्रैमासको तुलनमा ११०  दशमलव ६९ प्रतिशत वृद्धि हो ।

- कम्पनीले कुल १९ करोड ०८ लाख  रुपैयाँ दाबी भुक्तानी दिएको छ भने भुक्तानी हुन बाँकी रकम २८ करोड ५७ लाख छ ।

- कम्पनीले १ हजार ५ सय ६७ दाबीको भुक्तानी छ भने भुक्तानी हुन बाँकी दाबी सङ्ख्या १ हजार २४ छ ।

- कम्पनीको दोस्रो त्रैमासमा प्रतिशेयर आम्दानी ४५ दशमलव २६ रुपैयाँ पुगेको छ र मूल्य आम्दानीको अनुपात १८ दशमलव ३१ गुणा, प्रतिशेयर नेटवर्थ २ सय १२ दशमलव ४५ रुपैयाँ, प्रतिशेयर कुल सम्पत्ति मूल्य ५ सय १३ दशमलव ९६ रुपैयाँ छ ।

प्राविधिक विश्लेषण : मूल्य प्रवृत्तिहीन

प्रतिरोध २ : ९००  ।  प्रतिरोध १ : ८५५   । टेवा १ : ७४५ । टेवा २ : ५६८  । हालको अन्तिम मूल्य : ८००

बजारको अवस्था
कम्पनीको १६ मार्च, २०१७ सम्मको दैनिक मैनबत्ती चार्टको आधारमा विगत २ महीनादेखि बजार प्रवृत्तिहीन देखिन्छ । ५ जनवरी, २०१७ मा ८ सय १७ मा कारोबार भइरहेको यो कम्पनीको मूल्य हाल ८ सयमा अन्तिम कारोबार भएको छ । परिमाण २ हजार ६५ छ भने यो अघिल्लो दिनको भन्दा ३ हजार ३२ कित्ता कम हो ।

मूल्यको प्रवृत्ति विश्लेषण
विगत २ महीनादेखि मूल्य ५ सय ६८ र मनोवैज्ञानिक प्रतिरोध क्षेत्र ९ सयको सीमाभित्र उतारचढाव भएको देखिन्छ । त्यसैले, मूल्य प्रवृत्तिहीन देखिन्छ ।

अन्य प्राविधिक सङ्केतहरू :
रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) : १४ दिनको आरएसआई विगत १ महीनादेखि ५० अङ्कको हाराहारीमा समानान्तर गतिमा रहेकोले बजार अन्योल प्रवृत्तिको नै देखिन्छ ।

म्याकडी : म्याकडी रेखालाई सिग्नल रेखाले २ महीनाअघि माथितर्फ छिचोल्न सफल भएबापत नकारात्मक क्षेत्रबाट सकारात्मक क्षेत्रतर्फ बढेको देखिए तापनि सकारात्मक क्षेत्रमा नै प्रवेश गरिहालेको छैन । सकारात्मक क्षेत्रमा हुन म्याकडी रेखाले केन्द्र रेखालाई माथितर्फ तोड्न आवश्यक हुन्छ । हाल म्याकडी रेखाले केन्द्र रेखालाई सामना गरिरहेको देखिन्छ ।

निष्कर्ष :
हालसम्मको मूल्य प्रवृत्ति र उल्लिखित प्राविधिक सूचकको आधारमा बजार विश्लेषण गर्दा मूल्यले मनोवैज्ञानिक प्रतिरोध ९ सयलाई निश्चित रूपमा तोड्न सके मूल्य केही समय सकारात्मक हुन सक्ने सङ्केत गर्छ भने मूल्य ७ सय ४५ भन्दा तल झरेमा बजार नकारात्मक क्षेत्रतर्फ जान सक्ने देखिन्छ । यस कम्पनीको विश्लेषणका साथै मुख्य बजार नेप्सेको प्रवृत्तिलाई पनि ख्याल गर्नुपर्ने हुन्छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »