घर संसार

२०७३-१२-४ मा प्रकाशित     ४६०७ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

यसरी बनाउन सकिन्छ कम लागतमा घर

डेढ वर्षअघिको भूकम्पले ठूलो जनधनको क्षति भएपछि अहिले भूकम्पप्रतिरोधी घर निर्माण कार्य बढिरहेको छ । नेपालजस्तो पहाडी मुलुकमा भूकम्पको जोखीम सधैं हुने विज्ञहरूले बताउँदै आएका छन् । सोही कारण अहिले बलिया र भूकम्पप्रतिरोधी घर बनाउन धेरैको चासो बढेको छ । अहिले कम खर्चमै आकर्षक र बलियो घर कसरी बनाउन सकिन्छ भनेर खोजी हुन थालेको छ । कसरी बनाउन सकिन्छ त थोरै लागतमै उपयुक्त घर ? यहाँ केही उपाय दिइएको छ :

नक्साको चयन
घर बनाउँदा सबैभन्दा पहिला नक्सा (डिजाइन)मा ध्यान दिनुपर्छ । कत्रो, कस्तो र कुन किसिमको घर बनाउने र कति लागत लाग्ने भन्ने नक्सा बनाउँदा नै तय गर्नुपर्दछ । आफ्नो जग्गाको साइजअनुसार उपयुक्त र सबै ठाउँको सदुपयोग हुने किसिमले घरको नक्सा इञ्जिनीयरलाई बनाउन लगाउनुपर्छ । यसले घरको लागत पहिले नै थाहा पाउन सकिन्छ ।

पछि डिजाइन परिवर्तन नगर्नुहोस्
कतिपय मानिस घर बनाइसकेपछि त्यसको भित्र निर्माण गर्ने भान्साकोठा, सुत्नेकोठा, बाथरूम आदिको डिजाइन परिवर्तन गर्दछन् । यसले गर्दा डिजाइन खर्च बढ्ने, कामदार खर्च बढी हुने, घरको क्षमता फरक हुने र त्यसको निर्माण महँगो पर्छ । त्यसैले, पहिले नै सही डिजाइन छनोट गरी सोहीबमोजिम निर्माण गर्नुपर्छ ।

वर्गाकार आकारमा बनाउनुहोस्
घर निर्माण विशेषज्ञहरूका अनुसार अन्य घरभन्दा वर्गाकार घर बनाउँदा धेरै सस्तो पर्छ । आयताकार घरको भन्दा वर्गाकार घरको निर्माण लागत १५ देखि २० प्रतिशतसम्म कम पर्ने इञ्जिनीयरहरू बताउँछन् । साथै, एक तलाको ठूलो घर र त्यसमा कोठाहरू बनाउनुको सट्टा दुई तलाको सानो घर निर्माण गर्दा २५ प्रतिशत लागत खर्च कम लाग्ने बताइन्छ ।

वालहरू कम बनाउनुहोस्
घर निर्माण गर्दा भित्रपट्टि कम सङ्ख्यामा वाल राख्दा फाइदा हुन्छ । बाहिरी वालको दाँजोमा भित्री वालको मोटाइ पनि पातलो बनाउनु राम्रो हुन्छ । यसले घरमा ठाउँ बढी उपलब्ध हुन्छ भने खर्च पनि कम लाग्छ । साथै, घरमा भ¥याङका खुट्किला ज्यादा घुमाउरा तथा धेरैको सट्टा चुस्त र कम बनाउनुपर्छ । यसले लागत र ठाउँ दुवै बचत गर्न सकिन्छ भने घरलाई भद्दा देखिनबाट पनि जोगाउँछ ।

घर बनाउने सामानको छनोट
घरको सम्पूर्ण खर्चको ६५ प्रतिशत खर्च घर बनाउने सामानमा लाग्छ । यसैले, भान्सा कोठाका सामान, बिजुलीका सामान, पाइप, काठ, सिलिङमा प्रयोग गरिने सामान, सजावटका सामान र अन्य सामान सस्तोमै गुणस्तरीय पाइने ठाउँमा खरीद गर्नुपर्छ । एकै गुणस्तरका सामान पनि ठाउँअनुसार महँगो पर्ने भएकाले बजारभाउ बुझेर मात्र खरीद गर्नु राम्रो हुन्छ । देखिने र आवश्यक ठाउँमा महँगो सामान प्रयोग गरे पनि नदेखिने र अनावश्यक स्थानमा कम मूल्यका बलिया सामान प्रयोग गरेर खर्च घटाउन सकिन्छ ।

ठेकेदारको छनोट
सरकारले गर्ने काम मात्र होइन, निजी घरहरू निर्माण गर्दा पनि नाफाखोर ठेकेदारका कारण लागत बढ्न सक्छ । त्यसैले, घरको लागतअनुसारको काम गर्न सही ठेकेदारको चयन महत्त्वपूर्ण हुन्छ । ठेकेदार इमानदार र अनुभवी भएमा निर्माण सामग्रीको सदुपयोग हुनुका साथै व्यवस्थापन पनि राम्रो हुन्छ । यसबाट कम खर्चमै पनि गुणस्तरीय काम गर्न सकिन्छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »