प्रडक्ट

२०७३-१२-४ मा प्रकाशित     ५०७ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

नागरिक लगानी कोषले सेवाग्राहीका लागि सञ्चालनमा ल्याएको सीआईटी मोबाइल एप्स सेवा प्रभावकारी हुन थालेको छ । सेवाग्राहीलाई प्रविधिमार्फत छिटो र सहज सेवा दिने उद्देश्यले ल्याइएको यो सेवा प्रभावकारी बन्दै गएको बुझाइ कोषको छ ।   

कोषले शाखा कार्यालय पोखराबाट यो सेवाको शुरुआत गरेको थियो । यस प्रविधिले सेवाग्राहीको समय बचतका साथै प्रशासनिक झन्झटसमेत हटाएको अनुभव कोषका कर्मचारीले गरेका छन् ।

कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलका अनुसार कोषले यसअघि सीआईटी एसएमएस सेवा शुरू गरिसकेको छ । उनका अनुसार सीआईटी मोबाइल एप्सको सेवाबाट कोषमा सहभागी सबै सेवाग्राहीले आफ्नो मोबाइलबाटै सेवाको सम्बन्धमा जानकारी लिन सक्नेछन् । कोषले आफ्नो सेवालाई सूचनामैत्री बनाउने र विकसित नयाँ सूचना–प्रविधिलाई निरन्तरता दिँदै जाने उनले बताए ।  

कोषले सञ्चालन गर्ने विभिन्न कार्यक्रम कर्मचारी वचत वृद्धि, स्वीकृति अवकाश कोष, निजामती सावधिक जीवन बीमा, शिक्षक, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र नार्क सावधिक जीवन बीमाअन्तर्गत जम्मा भएको रकम स्टेटमेण्ट र ८० प्रतिशत ऋण सापटी तथा बचत रकम स्टेटमेण्ट सीआईटी मोबाइल एप्समार्फत सजिलै हेर्न सकिने व्यवस्था मिलाएको छ ।
 
यसरी प्रयोग गर्न सकिन्छ मोबाइल एप्स
सीआईटी मोबाइल एप्सको प्रयोगका लागि शुरूमा मोबाइलमा इण्टरनेट कनेक्सन हुनुपर्छ । एण्ड्रोइड अपरेटिङ सिष्टम भएको मोबाइलको प्ले स्टोरमा गई ‘सीआईटी मोबाइल एप्स’ डाउनलोड गर्नुपर्छ । यसपछि उक्त एप्सको रजिष्टर बटनमा गएर क्लाइण्टको नाम र चेमको नाम गरेर रजिष्टर गर्नुपर्छ । कोषले उक्त अनुरोधलाई भेरिफाई गर्नेबित्तिकै ग्राहकको मोबाइलमा पिन कोडसहितको एसएमएस आउँछ । यसपछि ग्राहकले मोबाइल नम्बर र पिन कोडले लगइन गरी अवकाश कोषको बचत र ऋण सापटीको स्टेटमेण्ट तथा बीमा कोषको स्टेटमेण्ट हेर्न सक्छन् । सीआईटी एसएमएस सेवा प्रयोगकर्ताले एसएमएस सेवाकै पिन प्रयोग गरी उक्त एप्समा लगईन गर्न सक्ने व्यवस्था मिलाइएको छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »